ग्लोबल आइएमई बैंक लिमिटेडलाई इन्फोसिस फिनाकलको प्रोसेस इन्नोभेसन अवार्ड २०२४ प्रदान गरिएको छ ।
इन्फोसिस फिनाकलद्वारा आयोजित सो अवार्ड कार्यक्रममा ग्लोबल आइएमई बैंकलाई इन्ट्रिग्रेसन अफ सेक्युरिटी डिपोजिट लकर इसुयन्स एन्ड इकमर्स कार्ड इसुयन्स विधामा उत्कृष्ट बैंकका रूपमा सम्मान गरिएको हो ।
यस बैंकले आफ्नो कोर बैंकिङ प्रणालीका लागि फिनाकलको सफ्टवेयर प्रयोग गर्दै आएको छ । ग्लोबल आइएमई बैंकले पाएको यस सम्मानले बैंकलाई आउँदा दिनमा थप नवीन र अत्याधुनिक प्रविधिका बैंकिङ्ग सफ्टवेयरहरू प्रयोग गर्दै सबैका लागि सुरक्षित र सहज बैंकिङ्ग सेवा प्रदान गर्न थप हौसला मिलेको बैंकले जानकारी दिएको छ ।
यस अघि सग्लोबल आइएमई बैंक लिमिटेडलाई ग्लोबल फाइनान्स म्यागजिनले यस वर्षको उत्कृष्ट बैंक अवार्डबाट सम्मान गरेको छ । ग्लोबल फाइनान्स म्यागजिनले विश्वभरका उत्कृष्ट बैंकहरूको चयन र सम्मान गर्दछ। ग्लोबल आइएमई बैंकलाई दीर्घकालीन विश्वसनीयता, वित्तीय श्रोत परिचालन, भौगोलिक विस्तार, रणनीतिक सम्बन्ध, व्यावसायिक विकास, ग्राहक केन्द्रित सेवाहरू, क्रेडिट रेटिङलगायतका दृष्टिले सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंकको रूपमा मान्यता दिइएको हो ।
ग्लोबल फाइनान्स म्यागजिनले अफ्रिका, एशिया प्रशान्त, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी यूरोप, मध्य पूर्व, उत्तरी अमेरिका, र पश्चिमी यूरोपलगायत विभिन्न क्षेत्रहरूमा उत्कृष्ट बैंकहरूलाई पुरस्कार प्रदान गर्दछ। ग्लोबल आइएमई बैंक नेपालबाट यो प्रतिष्ठित अवार्ड पाउने पहिलो बैंक हो ।
यस वर्ष ग्लोबल फाइनान्स म्यागजिनले हङकङको एचएसबीसी, बैंक अफ अमेरिकाका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालबाट ग्लोबल आईएमई बैंक, मलेसियाको मेबैंक, बंगलादेशबाट इस्टान्डर्ड चार्टर्ड बंगलादेश र फिलिपिन्सबाट मेट्रोबैंक जस्ता विश्वका धेरै बैंकहरुलाई सम्मान दिएको छ । ।
समयसापेक्ष र नवीन ग्राहकमुखी सेवाका लागि चर्चित ग्लोबल आइएमई बैंकले ग्लोबल फाइनान्स म्यागजिनद्वारा नेपालको उत्कृष्ट बैंकको अवार्ड पाएको छ । यो सम्मानले बैंकलाई भविष्यमा पनि नवीन सेवाहरू प्रदान गर्न थप हौसला मिल्नेछ । बैंकको सफलताको श्रेय ग्राहकहरुको वफादारी, कर्मचारीहरुको समर्पण र शेयरधनीहरु, नियामक निकायहरु र अन्य सरोकारवालाहरुको सहयोगमा रहेकोबैंकले जनाएको छ ।
ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक भएको विज्ञप्तीमा उल्लेख छ । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र छन् । ग्राहक संख्या ४६ लाख भन्दा बढी रहेको बैंकले जनाएको छ ।
यसका साथै, ग्लोबल आईएमईले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत देशबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव
- कन्कार्ई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
- इजरायली सेनाद्वारा सिरियाबाट तीन हजार हतियार बरामद
- सामाजिक सञ्जालको सदुपयोग गर्दा …
- ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित
- ‘बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो’
- देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला
- अमेरिकी डलरको भाउ बढ्यो
- आज माघ सङ्क्रान्ति पर्व मनाइँदै
- महाकुम्भमा एक करोड भक्तजनको ऐतिहासिक स्नान