बालबालिकाले प्रयोग गर्ने ईरेजरमा घातक रसायन

इरेजरअर्थात् सीसाकलमले लेखेको अक्षर मेट्न प्रयोग गरिने साधन, जसलाई हामी सबैका घरघरमा साना बालबालिकादेखि हरेक उमेरका पढ्नलेख्ने सबैले प्रयोग गर्ने गर्दछन्बजारमा स्वदेशी विदेशी ब्राण्डका थरिथरिका इरेजर जहाँ सुकै किन्न पाइन्छतर हामीले आम रूपमा प्रयोग गर्ने ती इरेजर विषाक्त हर्मोन उत्पादन गर्ने ग्रन्थीमा असर पुर्‍याउने रसायन फ्थालेटस् प्रयोग हुने कुराबारे भने हामी धेरै अनभिज्ञ नै छौँ

जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सिफेड)ले हालैहर्मोन उत्पादन गर्ने ग्रन्थीमा असर पुर्‍याउने रसायनहरूमाथि बृहत्त अध्ययन गरीएडीसी फ्रि एसिया २०२२विषयक अन्तर्राष्ट्रिय सम्मेलन मार्फत त्यसको परिणामहरू सार्वजनिक गरेको थियोकेन्द्रले एक प्रेस विज्ञप्ती जारी गर्दै बालबालिकाले प्रयोग गर्ने ईरेजरमा घातक फ्थालेट्सको नियन्त्रण गर्न सरकारसँग माग गरेको

केन्द्रले दक्षिण कोरियास्थित फाइनान्सियल इन्डस्ट्री पब्लिक इन्टरेस्ट फाउन्डेसन वन्जिन इन्टिच्युट अफ अकुपेशनल एन्ड इन्भाइरोमेन्ट हेल्थको सहयोगमा एसियाका अन्य देशको सहभागितामा अध्ययन गरेको सिफेड नेपालका कार्यकारी निर्देशक रामचरित्र साहले जानकारी दिनुभयोअध्ययनमा नेपालाबाहेक कोरिया, जापान, श्रीलंका, इन्डोनेसिया, बंगलादेश, मलेशिया, फिलिपिन्स, भियतनामको सहभागिता रहेको उहाँले बताउनुभयो

अध्ययनमा नेपालबाट ५३ थरि गरी देशका ४०० थरि इरेजरका नमूनाहरू समावेश गरिएका थिएनेपालबाट संकलन गरिएका ईरेजरका नमूनाहरू नेपाल, भारत, चीन, मलेसिया, ताईवान, जर्मनी, जापान, कोरिया चेक रिपब्लिकमा बनेका थिएनेपालबाट ३१ प्रकारका थर्मल पेपरका नमूनाको समेत अध्ययन गरिएको सिफेडको विज्ञप्तीमा उल्लेख

इरेजरका नमूना उपत्यकाभित्रका जनकपुरका स्टेशनरी पसल, आर्ट स्टोर्स, डिपार्टमेन्टल स्टोर आदि विभिन्न थरिका पसलहरूबाट संकलन गरिएको विज्ञप्तीमा भनिएको त्यस्तै थर्मल पेपरका नमूनाहरू अस्पताल, फार्मेसी, बैंक, एटीएम, सरकारी कार्यालय, साना तथा ठूला स्टोरहरू, रेस्टुरेन्ट, कफी शप, मोबाइल सपोर्ट सर्भिस सेन्टर सवारी, साधन पार्किङ लगायतका ठाउँहरूबाट संकलन गरिएको बताइएको

अध्ययनमा सहभागी एसियाका सबै देशहरूबाट सङ्कलन गरिएका इरेजरहरूमा फ्थालेटसको मात्रा अत्याधिक पाइएको थियोफ्थालेटस प्लाष्टिकका सामानहरूलाई बढी टिकाउ बनाउन प्रयोग गरिने एक प्रकारको रसायन हो जुन हामीले प्रयोग गर्ने प्लाष्टिकका हरेक सामानहरूमा प्रयोग गरिएका हुन्छन्

त्यस्तै थर्मले पेपर भनेका हामीले प्रयोग गर्ने आम कागजभन्दा फरक एटिएम मेसीन बिलिङ मेसिनहरूमा प्रयोग हुने प्रिन्टिङ पेपर होथर्मल पेपरमा पनि शरीरलाई हानी बीपीए नामक रसायनको प्रयोग गरिने सिफेडका निर्देशक शाहले बताउनु भयो

अध्ययनले एसियाली देशहरूमा थर्मल पेपरका रसिदहरूमा जोखिमका श्रोतहरू उच्च रहेको देखाएको शाहले बताउनु भयोपछिल्लो अध्ययनले यस्ता पेपरहरू विषाक्त हुने देखाएको बताउँदै नेपालमा मात्र नभई अन्य एसियाली देशहरूमा समेत थर्मल पेपरमा द्यातक रसायनको प्रयोगमा प्रतिबन्ध लगाउने कुनै नियम, ऐनकानुन मापदण्डहरू नै नभएको समेत शाहले जानकारी दिनुभयो

सिफेडले प्रेस विज्ञप्तीमार्फत फ्थालेट्सको प्रयोग थर्मल पेपरको गुणस्तरमा अनिवार्य मापदण्डको व्यवस्थाका साथसाथै नियमित रूपमा नियमनको लागि आवश्यक कानुनी संस्थागत संरचनाको निर्माण गर्न सम्बन्धित सबैलाई आह्वान गरेको वातावरण वैज्ञानिक समेत रहनुभएका शाहले बताउनु भयो

अन्य देशहरूबाट उत्पादिन इरेजरको तुलनामा नेपालमै उत्पादित इरेजरमा फ्थालेट्सको मात्रा नगन्य पाइएकाले स्वदेशी उत्पादनको बढीभन्दा बढी प्रयोग गर्ने वातावरण बनाउन समेत शाहले सबैलाई आह्वान गर्नुभयोयुरोपेली संघ, अमेरिका अन्य धेरै विकसित राष्ट्रहरूले फ्थालेट्सको प्रयोगमा प्रतिवन्ध लगाइसकेको बताउँदै नेपालमा पनि त्यसलाई नियन्त्रण गर्न ठोस कानुन निर्माण गर्न शाहले जोडदार आग्रह गर्नुभयो

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
बालबालिकाले प्रयोग गर्ने ईरेजरमा घातक रसायन
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link