प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विजयी हुँदै सुदूरपश्चिम प्रदेश ‘सुपर फोर’मा प्रवेश गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि १० विकेटको जीत निकालेको हो ।
सुदूरपश्चिमले यसअघि गण्डकी र लुम्बिनी प्रदेशलाई हराएको थियो । जीतसँगै सुदूरपश्चिम ६ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । निर्धारित २० ओभरको खेल वर्षाका कारण ५ ओभरमा सीमित गरिएको थियो । जीतका लागि पाएको २१ रनको लक्ष्य सुदूरपश्चिमले १.३ ओभरमा बिनाविकेट भेट्टायो । सुदूरपश्चिमका लागि कविता कुँवरले १४ र मनिषा बोहराले ५ रन बनाए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको कर्णालीले निर्धारित ५ ओभरमा ७ विकेटको क्षतिमा २० रन बनाएको थियो । उसका कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
सुदूरपश्चिमका लागि प्लेयर अफ दी म्याचसमेत चुनिएकी आशिका महराले ३, कविता कुँवरले २ र रितु कनौजियाले एक विकेट लिइन् ।
यही माघ १ गतेदेखि सुरू भएको प्रतियोगिता ९ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सात प्रदेश तथा दुई विभागीय एपिएफ र आर्मीको टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
यसैगरी, प्रतियोगिताको समूह ‘बी’ मा कोशी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र त्रिभुवन आर्मी क्लब रहेका छन् । प्रतियोगिताको उपाधि जित्नेले रु पाँच लाख पुरस्कार पाउने छ । यस्तै दोस्रो हुनेले रु तीन लाख, प्लेयर अफ दी सिरिजलाई रु ५० हजार तथा बेस्ट ब्याटर र बेस्ट बलरलाई रु २५÷२५ हजार पुरस्कार दिइनेछ । प्रथम र द्वितीय पुरस्कार राष्ट्रिय खेलकुद परिषद्ले र बाँकी पुरस्कारको रकम सुदूरपश्चिम खेलकुद परिषद्ले उपलब्ध गराउने बताइएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
