खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङस्थित वासिङ पहिरोले एक शताब्दीभन्दा बढी समयदेखि स्थानीयवासीलाई विस्थापित गर्दै आएको छ। स्थानीयका अनुसार १९९० सालको महाभूकम्पअघि नै सुरु भएको पहिरो अहिलेसम्म रोकिएको छैन।
बुँवाखोलाबाट सुरु भएको पहिरोले दर्जनौँ घर, सयौँ रोपनी खेतबारी र पुरानो गोरेटो बाटो बगाइसकेको छ। वर्षायाममा पहिरोले खोलासमेत थुन्ने भएकाले तल्लो बस्ती थप जोखिममा पर्ने गरेको स्थानीयको भनाइ छ।
करिब एक किलोमिटर क्षेत्रमा फैलिएको पहिरोका कारण धेरै परिवार पुख्र्यौली थातथलो छाडेर तराईका विभिन्न जिल्लामा बसाइँ सरेका छन्। पहिरोभन्दा करिब २०० मिटरमाथि रहेको विजय आधारभूत विद्यालयसमेत जोखिममा रहेको विद्यालयले जनाएको छ।
बोपुङका वडाध्यक्ष मस्तबहादुर राईका अनुसार पहिरो अहिले बुँवाखोलाबाट करिब डेढ किलोमिटर माथिसम्म फैलिएको छ। यसले वालिङ, हुवाला, डुम्रेबोटे, आहाले, बाटुला र खरबनीलगायत गाउँ जोखिममा परेका छन्। वडा वा गाउँपालिकाको बजेटले नियन्त्रण गर्न नसकिने भएकाले सम्बन्धित निकायले तत्काल दीर्घकालीन रोकथामका उपाय अवलम्बन गर्नुपर्ने उनले बताए।
गाउँपालिकाका अनुसार बोपुङसहित अन्य वडाहरू पनि पहिरोको उच्च जोखिममा छन् भने देविस्थान क्षेत्रका धानबालीमा पनि बर्सेनि ठूलो क्षति हुँदै आएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- फिफा विश्वकप २०२६: क्वाटरफाइनलको अन्तिम दिन, नर्वे र इङ्गल्यान्ड तथा अर्जेन्टिना र स्विट्जरल्याण्ड भिड्दै
- सारङ्गीको धुनमा यमबहादुरको ३६ वर्ष
- गर्मी छल्न रिगतालमा पर्यटकको भीड
- पूर्णखोप सुनिश्चित नगर बन्यो सूर्यविनायक
- आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
- कोशी, बागमती र लुम्बिनीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी
- फिफा विश्वकप २०२६: बेल्जियमलाई २-१ ले पाखा लगाउँदै स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भिडन्त पक्का
- फिफा विश्वकप २०२६: दोस्रो क्वाटरफाइनलमा स्पेन र बेल्जियमको महाभिडन्त
- आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
- मुगुमा माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु