डोजर सडक निर्माणकार्यमा धेरैजसो उचित जल निकासको पूर्ण अभाव, थुप्रै वनस्पतिहरूको जथाभावी विनाश हुनुका साथै लापरवाहीपूर्ण भीरमा माटो खसाल्ने गरेको पाइएको छ। नेपालभर बाढीले हरेक वर्ष जनजीवन, आवासहरू र जीविकोपार्जनका माध्यम नष्ट गर्ने गरेको छ। तर स्पष्ट आँखाले देखिरहेको अर्को विपत्ति प्रकट भइरहेको छ। यो विपत्ति अझ व्यापक छ र यो बाढीको प्रकोपको मूल कारण हो। तर यसलाई प्राय: पूर्णतया बेवास्ता गरिएको छ। यो विपत्ति भनेको सडक निर्माण नै हो।
यो भनाई हो नेपालमा अनुसन्धान गरिरहनु भएका डेन कार्लसनको। उहाँले सडक निर्माणमा डोजरले निम्ताएको विपत्तिबारे द हिमालय टाइम्समा लेख्नुभएको थियो।
“सडक निर्माण” भनेको “विकास—उपचार” होइन, धेरैले त्यही हो भनेर नाटक गरेका हुन्छन्। नेपालमा जसरी सडक निर्माण सर्वत्र छ, यो निर्माणको साथमा रहेको विनाश पनि सँगै जोडिएको छ। यदि तपाई पहाडको यात्रा गर्दै हुनुहुन्छ र सडकको खोजी गरिरहेको हुनुहुन्छ भने केवल पहिराहरूलाई हेर्नोस् त। नेपालको अधिकांश स्थानीय सडक सञ्जाललाई बिना योजना ठाडा डाँडाहरू जथाभावी काटिन्छ। यसले गर्दा पहिरो जान्छ र ठूलो मात्रामा जमिन बगाएर बगरमा परिणत गरिदिन्छ।
डोजर—सडक—निर्माण एउटा छिटो र सजिलो प्रचलन बनेको छ जसले प्राय:जसो ठेकदारहरू र सरकारी अधिकारीहरूलाई फाइदा दिइरहेको छ। तर यसले नेपाल र नेपालबाहिरका समुदायहरू, भूबनोट र पर्यावरणीय प्रणालीलाई क्षति पुर्याएको छ।
राष्ट्रभर मेयर निर्वाचित भएका ठेकदारहरूको आश्चर्यजनक प्रतिशतको विवरण प्रस्तुत गरेको थियो, जसमध्ये धेरैले आफ्ना फर्महरूलाई ठेक्का दिने काम गरेका छन्। बझाङ जिल्लामा सडक निर्माणले हालै सम्पन्न भएका ४४० मध्ये २८३ भन्दा बढी सिञ्चाइ आयोजनाहरू विनाश गरेको समाचार प्रकाशन भएको थियो। यस्तो खर्च “विकास लागत” होइन। यो लागत त भ्रष्ट राजनीतिज्ञहरू र ठेकदारहरूले आफूलाई समृद्ध बनाउन नेपाली जनताको ठूलो मूल्यमा गरेको निर्णय हो। यो राजनैतिक लाभको लागि गरेको अनावश्यक विनाश हो।
दिगो सडक निर्माणका रणनीतिहरू विद्यमान छन्। उदाहरणको लागि “हरित सडक” निर्माण एउटा स्थापित अभ्यास हो जसले स्थानीय सामग्री तथा जैविक इञ्जिनियरिङको प्रयोग गरेर सडक निर्माणको वातावरणीय असरलाई कम गर्छ। यी सडकहरूले स्थानीय श्रम उपयोग गर्छन् र स्थानीय समुदायहरूलाई आम्दानी हुने काम दिइरहेका हुन्छन्। जिरी सडक जस्ता उदाहरणहरू पूरै प्रभावकारी नभए तापनि ठूला सडक परियोजनाहरूले स्थानीय समुदायलाई सहयोग गर्दै वातावरणीय दुष्प्रभावलाई कम गर्न सक्छन् भन्ने यसले देखाएको छ।
डोजर—सडकहरू पहिराहरू ल्याउन प्रत्यक्ष रुपमा योगदान गराउँछन् भन्ने सर्व विदित छ। आधारभूत संरचनामा पहिले देखिनै खतरापूर्ण पहुँचमा रहेका दुर्गम समुदायहरू अझ एक्लिने र खतरामा पर्दै जान्छन्। डोजर सडक निर्माणले छोटो समयमा भूबनोटलाई मात्र क्षति पुर्याउँदैन, यस किसिमको निर्माणले त्यस भूबनोटमा भर पर्नेहरूलाई दीर्घकालीन रुपमा अझ कमजोर बनाउँछ।
सन् १९९८ देखि २०१६ सम्म नेपालको सडक सञ्जालको लम्बाइ ११ गुणाले बढेको छ। हाल संघियताको कारण डोजर—सडक निर्माणको व्यापार चलिरहेको छ र धेरैले अझै वृद्धि हुने अनुमान गरेका छन्।
एउटा निकायले तराईका नदीमा गेग्रान थुप्रिनुमा चुरे पर्वत शृङ्खलामा भएको फँडानीलाई बढी जिम्मेवार ठहर्याइएको छ। अझ विशेष गरी, व्यक्तिको निजी खराब स्रोत व्यवस्थापन अभ्यासलाई दोषी मानिन्छ। यसमा सत्यता छ भन्ने कुरामा शङ्का छैन। तर यी तर्कहरूले सरकार, भ्रष्टाचार र उनीहरूबाट अनुमति पाएको डोजर—सडक निर्माणमध्ये कुन जिम्मेवार छ भनेर ठहर्याउन सक्दैनन्।
नयाँ सडक निर्माण गर्ने हतारोले गर्दा तराईमा झन्झन् नराम्ररी बाढी बढाउँदै लगेको छ र देशभरि वन क्षेत्र, पर्यावरणीय प्रणाली र उत्पादनशील जमिनको धेरै विनाश गराएको हुन्छ। सडक र यसले दिने सेवा आवश्यक छ, तर सडक निर्माणको हालको प्रवृत्तिले तत्कालीन लाभको लागि धेरै दीर्घकालीन समस्याहरू ल्याएको छ। अनि, थुप्रै विपत्तिहरूजस्तै यी विपत्तिहरू थोरै धनी र शक्तिशाली मानिसहरूको कार्यले गर्दा अरु धेरैलाई हानि पुर्याएको छ।
नेपाली विकासविद् अनिल चित्रकारले नेपाली टाइम्समा लेख्नुभएको छ, हिजोआज नेपालभर यात्रा गर्दा देखिएका प्रमुख परिवर्तनहरूमध्ये जमिनमा चहलपहल गरिरहेका बुल्डोजरहरू, टिप्परहरू र उत्खनन गर्ने मसिनहरूको उपस्थिति हो। यिनीहरूले राजमार्गमा प्रभुत्व जमाइरहेको पाइन्छ र जब नदीखोलाको बगरबाट बाहिर निस्कन्छन् डाँडाकाँडामा नङ्ग्रा गाडी रहेका हुन्छन् र जङ्गललाई चिथोरिरहेका छन्। सिंहदरबारभित्र बस्ने योजनाकारहरूले आफूलाई विकासका चालक भनेर दाबी गरेका हुन्छन् तर भित्री परिवेशमा सबैलाई थाहा छ कि वास्तवमा “कसले विकासलाई हुने” गराएका छन्।
सडक निर्माणको कामलाई अहिले स्थानीय पालिका सरकारहरूले उत्प्रेरित गरिरहेका छन् र जथाभावी पैसा खर्च गरिरहेका छन्। यद्यपि अहिले कुल जनसंख्याको तीन चौथाई जनताले कुनै न कुनै प्रकारको सडकमा पहुँच पाएका छन्।
सडक भनेको दुईतर्फी काम हो। सडक स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन डिजाइन गरी निर्माण गरिएको हुन्छ, तर सडकले बजारलाई दुर्गम गाउँसम्म पुर्याइरहेको हुन्छ। यदि प्रतिस्पर्धात्मकता गुम्यो भने यसले स्थानीय अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्छ। सडकले अझ बढी उत्पादन गर्न उत्प्रेरित गर्छ, त्यही सडकले पोकापन्तरा बनाएर शहरतिर पलायन हुन वा विदेशतिर जान पनि उत्प्रेरित गर्नसक्छ।
राष्ट्रिय योजना आयोगको ग्रामीण सडक निर्माणमा भारी उपकरण प्रयोगबाट उत्पन्न विपद् सम्बन्धी अध्ययनको सम्पादित एक अंश।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बारपाकीले बिर्सन नसकेका भूकम्प
- नाटो सदस्य राष्ट्रहरूबीच रक्षा बजेटमा उल्लेखनीय वृद्धि
- ०७२ भूकम्पको एक दशक -भत्किएका संरचना अझै बनेन्
- तराई भेगमा तातो लहर चल्ने पूर्वानुमान
- आज १९औँ लोकतन्त्र दिवस
- सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
- कश्मिरको पहलगाममा आतंकवादी हमलामा नेपालीसहित २६ जनाको मृत्यु
- जलेको अवस्थामा हरिकिसनको शव फेला, भेटियो जलाइएको मोटरसाइकल
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
