कथाः लुटिएको सपना

श्रीरामसिंह बस्नेत

थाहा छैन, किन हो हिजोआज अक्सर ऊ आफू स्कुल पढ्न गएको सपना देख्छे। गएराति पनि उसले त्यस्तै सपना देखी, तीन–चारजना उसकै छिमलका केटीहरूसँग स्कुलको पोसाक लगाएर, किताबको झोला भिरेर, आपसमा कहिल्यै नटुङ्गिने कुरा गर्दै, हाँस्दै हाँस्दै हिँडेकी तर स्कुलको ढोकासम्म नपुग्दै उसको त्यो मीठो सपना टुट्यो। त्यसपछि उसलाई असाध्यै नरमाइलो लाग्यो। केहीबेर उसका आँखा पनि रसाए।

उसले बुझ्न सकेकी छैन किन हिजोआज ऊ यस्तो सपना देख्न थालेकी छे। एउटै सपना धेरैपटक देख्दा त्यो सपना साकार पो हुन्छ कि ? उसको मनमा झिनो आशा पनि पलाउँछ। सपनाकै कारणले ऊ हिजोआज बिहान १० बज्ने बेलातिर बाटोतिर उत्सुक भएर हेर्न थालेकी छे। उसकै उमेरका अरु स्थानीय केटीहरू स्कुलको ड्रेस लगाएर गफ गर्दै स्कुलतिर गएको हेरिरहन्छे।

उसले एकपटक आँट गरेरै सानीआमासँग भनी– ‘आमा मलाई पनि स्कुल पढ्न पठाइदिनुस्न्।’ सानीआमाले केही पनि बोलिनन्। उसले फेरि जिद्धी गरी। सानीआमाले झर्केर भनिन्– ‘अब त्यही बाँकी छ तँलाई।’ तर पनि ऊसले जिद्धी छोडिन। आखिर सानीआमाले भन्न करै लाग्यो– ‘ल ल अहिले नकरा, एउटा मास्टर आउँछु भन्या छ, आयो भने कुरा गरौँला।’ ऊ निकै खुसी भई, सपना साँच्चै पूरा होला कि भन्ने आशाले।

नभन्दै केही दिनपछि राति ९ बजेतिर एकजना मास्टर चुरोट तान्दै आइपुग्यो। उसलाई देखेपछि उसकी सानीआमाले अलि नरम भएर बोली– ‘मास्टरसाबको बाटो हेरेको कति दिन भइसक्यो, बल्ल आज बाटो बिराउनुभएछ।’

सानीआमाले सम्झाउने शैलीमा भनी– ‘अब पनि त्यसो भनेर हुन्छ ? बेला भइसक्यो अब तेरो, कति तेरी दिदीले मात्र खेपोस ? मास्टरसाबलाई आज खुसी पार अनि पो तँलाई स्कुलमा पढ्न मिलाइदिनुहुन्छ त, त्यसै हुन्छ ? माथि चोटामा जानोस् मास्टरसाब, म यसलाई पठाइदिन्छु। पहिलो पटक हो यसको, अलि विचार गर्दिनुहोला।’

–‘हैन काठमाडौंतिर गा’थेँ, त्यसैले आउन पाइन, किन बाटो हेरेको त मेरो ?’ मास्टरले मेचमा बस्दै भन्यो।

– ‘यो कान्छीले स्कुल पढ्न जान्छु भनेर मलाई हैरान पारिराछे। सपनामा पनि स्कुल गाकैमात्र देख्छे रे। यसलाई स्कुल पठाउन मिल्छ त ?’ सानीआमाले मास्टरको अगाडि टेबलमा धमिलो सेतो झोल भएको गिलास राख्दै सोधी।

ऊ ध्यानपूर्वक सानीआमा र मास्टरका कुरा सुनिरहेकी छे। मास्टरले उसलाई माथिदेखि तलसम्म नियालेर हेर्‍यो, सिकारीले सिकार हेरेझैँ।

‘कति वर्षकी भयौ ?’– मास्टरले सोध्यो।

उसको सट्टा सानीआमाले नै जवाफ दिइन्– ‘१४ लागिसकी नि।’
मास्टरले मुसुमुसु हाँस्दै सोध्यो– ‘बोहनी भइसक्यो त ?’

अहिलेसम्म मास्टरका कुरामा चासो दिइरहेकी उसले मुन्टो बटारी। सानीआमाले भनी– ‘छैन, मास्टरसाबले नै आँट्ने हो कि ?’

‘साँच्चै हो त ?’– मास्टरले आँटेको भाव देखायो।

उसले लगभग चिच्याएरै भनी– ‘नाई म मान्दिन, म त्यस्तो काम गर्दिन।’

सानीआमाले सम्झाउने शैलीमा भनी– ‘अब पनि त्यसो भनेर हुन्छ ? बेला भइसक्यो अब तेरो, कति तेरी दिदीले मात्र खेपोस ? मास्टरसाबलाई आज खुसी पार अनि पो तँलाई स्कुलमा पढ्न मिलाइदिनुहुन्छ त, त्यसै हुन्छ ? माथि चोटामा जानोस् मास्टरसाब, म यसलाई पठाइदिन्छु। पहिलो पटक हो यसको, अलि विचार गर्दिनुहोला।’

यतिखेरसम्म मास्टरले गिलास रित्याइ सकेको थियो।

मास्टरले उसलाई गिजल्नुसम्म गिजल्यो। स्कुल पढ्न पाउने आशले उसले मास्टरलाई आफ्नो कलिलो शरीर पूरै सुम्पिदिई, पीडा खपेरै भए पनि।

मास्टरको जोस सेलाएपछि फर्कने बेलामा उसले डराई डराई सोधी– ‘सर, म कहिलेदेखि स्कुल जाने त ?’

मास्टरले पाइन्टको बेल्ट कस्दै भन्यो– ‘चौध वर्षकी तरुनीलाई एकैचोटि स्कुलमा भर्ना गर्न मिल्दैन, पढ्ने नै मन भए घरमै बसेर पढ्नु, म आउँला बेलाबेलामा।’

यस्तो जवाफ पाउँदा उसलाई मास्टरको मुख चिथोर्न मन लाग्यो तर सकिन। अनि बोल्न मिल्ने तर लेख्न नमिल्ने एउटा अश्लील गालीको शब्द उसको मुखबाट अनायास निस्कियो सुस्तरी। मास्टर भर्‍याङ ओर्लेर तल पुगिसकेको थियो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

श्रीरामसिंह बस्नेत का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link
Powered by Social Snap