काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचना नदिने सिरहा नगरपालिका कार्यालय प्रमुख बलिराम यादवलाई १५ हजार जरिवानाको फैसला गरेको छ ।
सिरहा नगरपालिक– ७ निवासी परशुराम साहले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको हो ।
शिक्षक साहले सिरहा नगरपालिकासँग आफ्नो सरुवा सम्बन्धी भएको निर्णयको प्रमाणित प्रतिलिपी माग गरेका थिए ।
सूचनाको हकसम्बन्धी ऐन २०६४, अनुसार उक्त नगरपालिकासँग माग गरेको सूचना नपाएपछि सूचना मागकर्ता हकले कानुन अनुसार राष्ट्रिय सूचना आयोगमा सूचना नदिने प्रमुख र सूचना अधिकारीलाई विपक्षी बनाई पुनरावेदन दर्ता गरेका थिए ।
पुनरावेदन दर्ता पछि नगरपालिका प्रमुखलाई सूचना उपलब्ध गराउनु भन्दै आयोगबाट पटक–पटक आदेश भएको, कारबाहीको बारेमा सजग गराएको साथै चेतावनी दिँदा समेत प्रमुखले सूचना नदिएको आयोगको विज्ञप्तीमा उल्लेख छ ।
नीज कार्यालय प्रमुखले सूचना उपलब्ध नगराई संविधान प्रदत्त नागरिक अधिकार र कानुनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लंघन गरेको भन्दै आयोगले १५ हजार जरिवाना हुने फैसला गरेको हो ।
सूचना आयोगले कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम अक्षरेपी १५ हजार जरिवाना हुने र सूचना उपलब्ध गराउनुपर्ने फैसला गरेको राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले जानकारी दिए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ट्रम्प पक्राउ परेका र पुटिनलाई जेल हालिएका हो ?
- ‘सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकले पीडकलाई नभएर पीडितलाई संरक्षण गर्नुपर्छ’
- लुम्बिनीमा सत्तासमीकरण फेरिने
- विद्यालयमा शिक्षकको मापसे परीक्षण गरिने
- वीरगञ्जमा ‘रात्री बजार’
- के हो साइबर अपराध ?
- साङ्घातिक आक्रमण हुन थालेपछि बैंक कर्मचारी आतङ्कित
- जापानमा बढ्यो साइबर अपराध
- नक्कली ‘देश कैलाशा’ बाट ठगियो अमेरिकको नेवार्क सहर
- के हो नेपाललाई जिताउने ‘डकवर्थ एन्ड लेविस’ नियम?