समुन्द्रमा १७१ ट्रिलियन (नील) प्लास्टिकका टुक्रा

द फाइभ गेयर्स इन्स्टिटियुट नामक अमेरिकी संस्थाको नेतृत्वमा भएको एक अनुसन्धानले पृथ्वीमा प्लास्टिक प्रदूषणको मात्रा अत्यधिक भएको देखाएको छ। उक्त अनुसन्धानबाट विश्वका समुद्रको सतहमा अहिले करिब १७१ ट्रिलियन (नील) प्लास्टिकका टुक्राहरू (माइक्रोप्लास्टिक) रहेको जानकारी आएको हो ।

यसअघि मानव रगतमा पहिलो पटक माइक्रोप्लास्टिकको उपस्थितिको प्रमाण वैज्ञानिकहरूले फेला पारेका थिएँ। यसबाट विश्वमा प्लास्टिक प्रदुषणमुक्त कुनै ठाउँ छैन भन्ने कुरा प्रष्ट भएको छ । यसअघि समुन्द्र गहिराईदेखि हिमालको उचाईसम्म प्लास्टिक प्रदुषणको अस्तित्वको प्रमाण भेटिएको थियो। अहिलेचाहिँ मान्छेको रगतमा नै प्लास्टिक प्रदुषणको उपस्थिति भेटिनु ठूलो चिन्ताको विषय हो।

जर्नल इनभाइरोन्मेन्ट इन्टरनेशनलमा प्रकाशित अर्को अध्ययनले गर्भमा रहेका बच्चाहरूको प्लेसेन्टा (गर्भनाल) मा समेत माइक्रोप्लास्टिक्स फेला पारेको छ। यी माइक्रोप्लास्टिक कणहरूले भ्रूणको विकासलाई असर गर्न सक्छ भन्ने शोधकर्ताहरूको विश्वास छ। यसले बच्चाहरूको रोग प्रतिरोधक प्रणाली वा इम्यून सिस्टमलाई पनि असर गर्न सक्छ, जसले भविष्यमा रोगहरूसँग लड्ने उनीहरूको क्षमतालाई असर गर्न सक्छ।

यस सम्बन्धी अनुसन्धान इन्भाइरोमेन्ट इन्टरनेशनल जर्नलमा प्रकाशित छ । वैज्ञानिकहरूले गरेको परीक्षणमा करिब ७७ प्रतिशत मानिसको रगतमा माइक्रोप्लास्टिकका टुक्राहरू भेटिएका हो। रगतमा तिनीहरूको उपस्थितिले अर्थ के हो भने यी माइक्रोप्लास्टिक कणहरू शरीरको एक ठाउँबाट अर्को ठाउँमा जान सक्छ र शरीरका कुनै पनि अंगमा पुगेर जम्मा हुन सक्छ।

आफ्नो अनुसन्धानका क्रममा वैज्ञानिकहरूले नेदरल्यान्ड्सका २२ जना मानिशको रगतको नमूनाहरूको विश्लेषण गरेका हुन। यी सबै मानिस वयस्क र स्वस्थ थिए। अनुसन्धानमा ती मध्ये १७ जनाको रगतमा माइक्रोप्लास्टिक कण भेटिएको थियो । यी नमूनाहरू मध्ये आधामा पीईटी प्लास्टिक (पोलिथिलीन टेरेफ्थालेट) पाइयो, जुन सामान्यतया पेय पदार्थको बोतल र कपडा बनाउन प्रयोग गरिन्छ।

यसैगरी, करिब एक तिहाइ (36%) नमूनाहरूमा पोलिस्टाइरिन पाइयो, जुन खाद्य वस्तु र अन्य उत्पादनहरूको प्याकेजिङमा प्रयोग गरिन्छ। जबकि करिब एक चौथाई (२३ प्रतिशत) नमूनामा पोलिथीन भेटियो । तर, यसले स्वास्थ्यमा कसरी असर गर्छ भन्नेबारे भने खुलाइएको छैन ।

विश्वका समुद्रमा प्लास्टिक प्रदूषण विगत १५ वर्षमा ‘अत्यधिक स्तरमा’ पुगेको उक्त अध्ययनले देखाएको छ।

महासागरीय प्लास्टिक प्रदूषण विश्वभरि नै एक निरन्तर समस्या हो । जनावरहरू माछा मार्ने जाल जस्ता प्लास्टिकका ठूला टुक्राहरूमा फस्न सक्छन् । वा माइक्रोप्लास्टिकहरू खान सक्छन् जुन अन्ततः मानवद्वारा उपभोग गर्ने खाद्य शृङ्खलामा प्रवेश गर्दछ । “विगत १५ वर्षमा विश्वका समुद्रमा प्लास्टिक प्रदूषण अत्यधिकस्तरमा पुगेको छ,” उक्त अध्ययनमा भनिएको छ ।

पहिलेको अनुमानभन्दा यो मात्रा बढी थियो । समुद्रमा प्रवेश गर्ने प्लास्टिकको दर यदि यसलाई नियन्त्रण गर्न सकिएन भने आगामी दशकहरूमा धेरै गुणा बढ्नसक्ने अध्ययनले देखाएको छ ।अनुसन्धानकर्ताहरूले सन् १९७९ देखि २०१९ सम्मको ४० वर्षको अवधिमा विश्वभरका ११ हजारभन्दा बढी स्टेसनबाट प्लास्टिकको नमूना लिएका थिए । तिनीहरूले १९९० सम्म कुनै प्रवृत्तिहरू फेला पारेनन्, त्यसपछि (१९९०–२००५) को बीचमा प्रवृत्तिहरूमा उतार–चढाव आएको र प्रदूषण आकाशिएको थियो ।

“हामीले सन् २००५ पछि वास्तवमै तीव्र वृद्धि देखेका छौँ । यो समयमा प्लास्टिक उत्पादनमा तीव्र वृद्धि भएको छ र समुद्रमा प्लास्टिकको प्रवाहलाई नियन्त्रण गर्ने सीमित नीतिहरू पनि छन्,”  अनुसन्धानकर्ता लिसा एर्डलले बताउनुभएको छ।

समुद्रमा प्लास्टिक प्रदूषणका स्रोतहरू असङ्ख्य छन् । जाल र बुयाजस्ता माछा मार्न प्रयोग गरिने सामानहरू प्रायः समुद्रको बीचमा लापरबाहीबस फ्याँकिन्छन् । लुगाफाटा, कार टायर र एकल–प्रयोग प्लास्टिक जस्ता चीजहरू प्रायः तटको नजिक पुगेर समुद्रलाई प्रदूषित गराउँछन् । तिनीहरू अन्ततः ‘माइक्रोप्लास्टिक्स’मा टुक्रिन्छन् ।

इकोनोमिस्ट इम्प्याक्ट र द निप्पोन फाउन्डेसनले संयुक्तरूपमा तयार पारेको प्रतिवेदनअनुसार सन् २०१९ को तुलनामा सन् २०५० सम्ममा जी–२० देशहरूमा प्लास्टिकको प्रयोग लगभग दोब्बर हुनेछ र हरेक वर्ष ४५ करोड १० लाख टन पुग्नेछ । प्रतिवेदनअनुसार एक सय वर्ष पहिले अर्थात् सन् १९५० सम्ममा विश्वमा २० लाख टन मात्र प्लास्टिक उत्पादन भएको थियो ।

वैज्ञानिकहरूले परीक्षण गरेका १० मध्ये ८ जनाको रगतमा माइक्रोप्लास्टिकका कण फेला पारेका छन्। तीमध्ये आधाजसो रगतमा त प्लास्टिकको बोतलमा प्रयोग हुने पीईटी (पोलिथिलीन टेरेफ्थालेट) प्लाष्टिक पाइएको छ।

के हो माइक्रोप्लास्टिक?

प्लास्टिकका ठूला टुक्राहरू ससाना कणहरूमा विभाजित भएपछि  तिनीहरूलाई माइक्रोप्लास्टिक भनिन्छ। कपडा र अन्य वस्तुहरूको माइक्रोफाइबरहरू टुट्दा माइक्रोप्लास्टिकहरू बन्छन्। सामान्यतया १ माइक्रोमिटरदेखि ५ मिलिमिटर साइजको प्लास्टिकका टुक्राहरूलाई माइक्रोप्लास्टिक भनिन्छ।

सिन्थेटिक प्लास्टिक ‘बेकेलाइट’ को उत्पादन पहिलो पटक सन् १९०७  मा भएको थियो। यसलाई नै प्लास्टिक उद्योगको प्रारम्भ मानिन्छ। सन् १९५० देखि हालसम्म ८३०० मिलियन टनभन्दा बढी प्लास्टिक उत्पादन भइसकेको छ। यो सन् २०२५ सम्म दोब्बर हुने अनुमान गरिएको छ ।सन् २०१५ मा प्लास्टिकको वार्षिक उत्पादन लगभग ३५०  मिलियन टन थियो, जुन १९५० को तुलनामा २००  गुणा बढी हो। प्लास्टिक टुट्न र सड्न धेरै समय लाग्ने भएकाले यसको ठूलो भाग वातावरणमा लामो समयसम्म रहन्छ।

स्वास्थ्यका लागि कति हानिकारक छ माइक्रोप्लास्टिक?

जर्नल इनभाइरोन्मेन्ट इन्टरनेशनलमा प्रकाशित अर्को अध्ययनले गर्भमा रहेका बच्चाहरूको प्लेसेन्टा (गर्भनाल) मा समेत माइक्रोप्लास्टिक्स फेला पारेको छ। यी माइक्रोप्लास्टिक कणहरूले भ्रूणको विकासलाई असर गर्न सक्छ भन्ने शोधकर्ताहरूको विश्वास छ। यसले बच्चाहरूको रोग प्रतिरोधक प्रणाली वा इम्यून सिस्टमलाई पनि असर गर्न सक्छ, जसले भविष्यमा रोगहरूसँग लड्ने उनीहरूको क्षमतालाई असर गर्न सक्छ।

त्यसैगरी फ्लोरिडा स्टेट युनिभर्सिटीले गरेको अर्को अध्ययनले शरीरमा प्रवेश गर्ने माइक्रोप्लास्टिक्सले कोशिकाको काममा असर पार्न सक्ने देखाएको छ। वैज्ञानिकहरूका अनुसार माइक्रोप्लास्टिक एकपटक श्वासप्रश्वास वा अन्य कुनै पनि माध्यमबाट शरीरमा पुगेपछि यसले फोक्सोका कोशिकाहरूको मेटाबोलिज्म तथा वृद्धिमा असर पार्ने र केही दिनमै तिनको वृद्धिलाई सुस्त बनाउन सक्छ। यति मात्र होइन, यसले कोशिकाको आकारलाई पनि असर गर्न सक्छ।

यसैबीच, जर्नल अफ हाजार्डस मटेरियल लेटर्समा प्रकाशित अनुसन्धानले हामीले हरेक दिनजसो प्रयोग गर्ने टूथपेस्ट, क्रिमलगायतका बस्तुदेखि हाम्रो खाना, हावा र पिउने पानीमा आदिमा हुने माइक्रोप्लास्टिक कणले ब्याक्टेरियामा एन्टिबायोटिक प्रतिरोधी क्षमता ३० गुणासम्म बढाउन सक्ने देखाएको छ। विश्वभर जसरी प्लास्टिकको उत्पादन र प्रयोग बढ्दै गएको छ, त्यसले वातावरणका लागि ठूलो समस्या निम्त्याइरहेको छ । मानव शरीरभीत्र नै प्लास्टिक भेटिएका नयाँ प्रमाणहरू फेला पारिनुले ठूलो खतरातिर औंल्याएको छ। त्यसैले यो प्लास्टिकको समस्यालाई सम्बोधन गर्न तत्काल पहल गर्न जरुरी छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link