माघ मसान्तसम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ८८ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले बजार भाउ यति धेरै बढेको कुरा उजागर गरेको हो। गत आर्थिक वर्षको यही अवधिमा उपभोक्ता मुद्रास्फीति छ दशमलव २४ प्रतिशत थियो।
यो उपभोक्ता मूल्यवृद्धि सरकारले सोचेको भन्दा बढी हो। चालु आर्थिक वर्ष २०७९/८० मा सात प्रतिशतभन्दा बढी मूल्यवृद्धि हुन नदिने सरकारले लक्ष्य राखेको थियो।
राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति छ दशमलव १९ प्रतिशत र गैर– खाद्य तथा सेवा समूहको मुद्रास्फीति नौ दशमलव २२ प्रतिशत छ।
खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेष्टुराँ तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५ दशमलव २४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२ दशमलव ३९ प्रतिशत र सुर्तीजन्य पदार्थको १० दशमलव ८३ प्रतिशतले बढेको छ।
त्यस्तै, मदिराजन्य पेयपदार्थमा आठ दशमलव ७८ प्रतिशत र मरमसलामा आठ दशमलव ०४ प्रतिशतले मूल्यवृद्धि देखिएको छ। गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकाङ्क १५ दशमलव ५८ प्रतिशत र स्वास्थ्य क्षेत्रको १० दशमलव ३९ प्रतिशतले बढेको छ।
त्यसैगरी, घरायसी उपयोगका वस्तुको मूल्यवृद्धि नौ दशमलव ७८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको नौ प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको आठ दशमलव ८१ प्रतिशतले बढेको छ।
राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा काठमाडौँ उपत्यकामा आठ दशमलव ४७ प्रतिशत, तराईमा सात दशमलव ८२ प्रतिशत, पहाडमा सात दशमलव ३० प्रतिशत र हिमालमा सात दशमलव ९२ प्रतिशत मूल्यवृद्धि देखिएको छ।
गतवर्ष माघ महिनामा यी क्षेत्रमा क्रमशः पाँच दशमलव ४७ प्रतिशत, छ दशमलव ५० प्रतिशत, छ दशमलव ७१ प्रतिशत र पाँच दशमलव ९७ प्रतिशत मुद्रास्फीति रहेको थियो।
गत माघ महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति नौ दशमलव ६७ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १० दशमलव ३४ प्रतिशत रहेको थियो।
चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार देखिएको छ। गत असार मसान्तमा रू १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति सात महिनामा १३ दशमलव आठ प्रतिशतले बढेर माघ मसान्तसम्म रू १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको हो।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा नौ अर्ब ५४ करोड अमेरिकी डलर रहेकोमा माघ मसान्तसम्ममा १० अर्ब ५० करोड अमेरिकी डलर कायम भएको छ। जुन १० दशमलव दुई प्रतिशतले वृद्धि हो।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रू १२ खर्ब २८ अर्ब पाँच करोड रहेको छ। त्यस्तै, राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति रू एक खर्ब ५५ अर्ब २८ करोड बराबर रहेको छ। माघ मसान्तसम्मको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव ४ प्रतिशत छ।
आर्थिक वर्षको सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १० दशमलव आठ महिनाको वस्तु आयात धान्ने राष्ट्र बैंकले जनाएको छ। त्यस्तै, यो मुद्रा सञ्चितिले नौ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्नसक्ने देखिएको छ। माघ मसान्तसम्ममा कायम रहेको विदेशी विनिमय सञ्चिति नेपालको कूल गार्हस्थ्य उत्पादनको अनुपातमा २८ दशमलव पाँच प्रतिशत बराबर हो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार