तपाईलाई संसारको कुनै कुनाको जानकारी चाहियो भने गुगलबाट डाउनलोड गर्न सक्नु होला तर भाषा, संस्कृति, सम्पदा, सभ्यता डाउनलोड गरेर प्राप्त गर्न सक्नुहुन्न। हाम्रो भाषा र संस्कृति चाहिँ अन्धविश्वास अनि अङ्ग्रेजी भाषा र संस्कृतिचाहिँ विज्ञानसम्मत हो भन्ने मानसिकताले हाम्रा भाषाको ज्ञान पश्चिमी भाषिक परम्पराको छायामा परेको छ।
भाषा संस्कृतिको वाहन हो । आमाबाट प्राप्त गरेको भाषा त्यस भूमिको संस्कृति हो। हाम्रा गाउँघरका दोहोरी, सङ्गिनी हाक्पारे, साकेवा, देउसी, भैलो, व्रतकथा, पुराण र परम्पराका कथा भाषा हुन्। घाँस, दाउरा, मेलापातमा भोक, खुसी र विरहका कथाले भाषा बाँचेको हुन्छ। सम्पदाभित्र भाषा, साहित्य, संस्कृति, सभ्यता सबै पर्छन् । भाषा मर्दा सम्पदा मर्छ । पहिचान …