अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ (फिने) बेलायत च्याप्टरको अध्यक्षमा प्रसिद्ध अनुसन्धान र विकास (आर एन्ड डी) सेफ तथा युवा व्यवसायी विनोद बराल चयन हुनु भएको छ। फिने विश्वभरि छरिएका नेपाली युवा उद्यमीहरूको एक गैर नाफामुखी, गैर राजनीतिक र गैरसरकारी हो र यसको उद्देश्य व्यावसायिकता तथा उद्यमशीलता विकासका लागि नेपाली युवा उद्यमीहरूलाई एकताबद्ध गर्ने, सञ्जालको विस्तार गर्दै विचारको आदानप्रदानका साझा मञ्च प्रदान गर्ने हो।
फिने बेलायतको अध्यक्षमा विनोद बरालको चयन हुनु भएकोमा खुसी व्यक्त गर्दै फिने बेलायतका संस्थापक अध्यक्ष मनीषा डङ्गोल श्रेष्ठले भन्नुभयो, “संस्थापक नेतृत्वका हिसाबले हामीले गरेका कामलाई निरन्तरता दिँदै फिने युकेलाई अझ अगाडि बढाउनका लागि विनोद बराल अत्यन्त सक्षम …