धादिङको रि गाउँबाट ल्याएको भकारी नुवाकोटको पीपलटारमा किन्ने ग्राहक खोज्दै । बाँसको चोयाबाट बन्ने भकारी धान, कोदो लगायतको अन्न भण्डारणको लागि प्रयोग गरिन्छ । तर, पछिल्लो समय बाँसबाट बनेका भकारी प्रयोग गर्ने प्रचलन घट्दै गएको छ । अन्न घरमा भण्डारण गर्ने भन्दा पनि खेतबाट सिधै बजारमा लगेर बिक्री गर्ने तथा बोरामा राख्ने प्रचलन बढेकोले भकारी प्रयोग घट्दै गएको किसानहरू बताउँछन् ।
तस्बिर: नवदीप श्रेष्ठ
फोटो
औषधीय गुण भएको वनस्पति पाषाणभेद । ढुङ्गा फोरेर उम्रनसक्ने भएकाले पाषाणभेद भनिएको यो वनस्पतिलाई पाखनभेद, ठूलो ओखत, जन्ती फूल, सेलपारू, सिम्पाटी पनि भनिन्छ। पाषाणभेदको वैज्ञानिक नाम Bergenia ciliata हो भने अंग्रेजीमा यसलाई fringed elephant’s ears, winter begonia, hairy bergenia लगायतका नाम दिइएको छ । पाषाणभेदको जरा चट्टानका कापमा फैलिएर ढुंगा फोर्ने काम गर्दछ। आयुर्वेदमा पाखनभेदको प्रयोग खोकी, ज्वरो, पखालाको औषधी र सुत्केरी महिलालाई तन्दुरुस्तीमा ल्याउन गरिन्छ। तस्बिरः वासुदेव न्यौपाने/लमजुङ
…नेपालमा कोइरालो भनेर चिनिने यो वनस्पतिको वैज्ञानिक नाम Bauhinia variegata हो र अंग्रेजीमा यसलाई orchid tree (तर अर्किडसँग कुनै सम्बन्ध छैन) र mountain ebony भनिन्छ। यसको कोपिला र फूलचाहिँ अचारका रूपमा खाइन्छ भने बिरुवा घाँसका रुपमा प्रयोग हुन्छ। संस्कृतमा काञ्चनार भनिने यो वनस्पतिलाई आसामीमा काञ्चन हिन्दीमा कचनाल वा कचनार बांग्लामा रक्तकाञ्चन भनिन्छ। प्रायः भारतीय भाषामा यसको नाम संस्कृतसँग जोडिएको छ भने नेपाली नामचाहिँ पाली भाषाको कोभिलारासँग जोडिएको देखिन्छ।
तस्बिरः वासुदेव न्यौपाने/लमजुङ
…
ठाउँ अनुसार सिप्लीगान वा सिप्लीघान भनिने यो वनस्पतिको वैज्ञानिक नाम cratave religiosa हो र अंग्रेजीमा यसलाई sacred garlic pear, temple plant अनि spider plant पनि भनिन्छ। यसको मुनाको तरकारी वा अचार तितो तर स्वादिष्ट हुन्छ। सजिलै नपाइने भएकाले सहरका मानिसले यसको स्वाद पाएका छैनन्।
तस्बिरः वासुदेव न्यौपाने/लमजुङ
…काफल गेडी कुटुक्कः उत्तरी भारत, नेपाल र दक्षिणी भुटानमा पाइने काफलको फल कुटुक्क पार्न सबैलाई मन पर्छ। अंग्रेजीमा बेबरी, बक्स मार्टेल र काफल भनिने यसको वैज्ञानिक नामचाहिँ Myrica esculenta हो। फलबाहेक आयुर्वेदमा यसको बोक्राको प्रयोग औषधी बनाउन पनि गरिन्छ।
तस्बिरः वासुदेव न्यौपाने/लमजुङ
…