Home » वातावरण/जलवायु » Page 10
Category:

वातावरण/जलवायु

उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता र आर्थिक अस्थिरताप्रति चिन्ता व्यक्त गर्नुभएको छ। मध्यपश्चिम र नेपाल खुला विश्वविद्यालयको आयोजनामा यही जेठ ३२ गतेसम्म सञ्चालन हुने ३०औँ दिगो विकास अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको जेठ २९ गते ललितपुरमा आयोजित उद्घाटन समारोहमा उहाँले पछिल्लो समय विश्वले सामना गर्दै आएका जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता र आर्थिक अस्थिरतालगायत चुनौती विशाल र जटिल बन्दै गएकामा चिन्ता व्यक्त गर्नुभएको हो।

“जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता र आर्थिक अस्थिरता हाम्रो मुख्य चुनौती हो, यद्यपि, यी चुनौतीभित्र समाज र अर्थतन्त्रलाई समान र दिगोरूपमा रूपान्तरण गर्ने महत्वपूर्ण अवसर पनि रहेका छन्”, उहाँले भन्नुभयो, “नवीकरणीय ऊर्जा …

0 comment
0 FacebookTwitterEmail

विषादीयुक्त कृषि उपजले बजार लिइरहेका बेला बागलुङ बजारका सुवास राजभण्डारी अर्गानिक कृषि उपजको बजारीकरणमा व्यस्त हुनुहुन्छ। उहाँ यस्तो कार्यमा संलग्न भएको हिजाआज होइन, गाउँमा अर्गानिक कृषि उपजले बजार नपाउने कारण देखाउँदै अर्गानिक वस्तुको अभाव देखेपछि राजभण्डारी चार वर्षदेखि यस्तै कर्ममा व्यस्त हुनुहुन्छ।

गाउँको कृषि उपजलाई बजारसँग जोड्न सकेमा उपभोक्ताको स्वास्थ्यमा समेत सकारात्मक असर पर्ने दखेपछि राजभण्डारी महालक्ष्मी अर्गानिक खाद्य उद्योगमार्फत कृषि उपजको बजारीकरण गरिरहनुभएको छ। चार वर्षअघि तोरीको तेल उद्योग सञ्चालनमा ल्याउनुभएको उहाँले विस्तारै गाउँको अर्गानिक कृषि उपजलाई बजारसम्म ल्याएर बिक्री गर्न थालेको बताउनुभयो।

उहाँले शुद्ध तोरीको तेल उत्पादन गरी आयातित तेललाई विस्थापित गर्नुका साथै अर्गानिक कृषि उपजलाई गाउँ–गाउँबाट खरिद …

0 comment
0 FacebookTwitterEmail

मोरङको बेलबारी र धनपालथानमा माछाको एक गैरदेशीय प्रजाति फेला परेको छ। दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने टेरिगोप्लिक्थिस डिसजन्किटिभस वैज्ञानिक नाम रहेको उक्त माछा नेपालमा पहिलो पटक बेलबारीस्थित नदीमा चार वर्षअघि देखापरेको थियो।

नयाँ प्रजातिको माछा भन्ने शङ्का लागेर त्यही समयदेखि स्थानीय अनुसन्धानकर्ताहरु जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनाल यसलाई पछ्याउन थाल्नुभएको थियो। पछि दुई चाइनिज अनुसन्धानकर्ताहरु जिनक्वान याङ र चेनहोङ लिको सहयोगमा उहाँहरुले यो अतिमिचाहा स्वभाव भएको र नेपालका लागि नयाँ प्रजाति हो भन्ने पुष्टि गर्नुभयो। यो माछाको बासस्थान, शारीरिक र आनुवंशिक बनोट  तथा आनीबानी र नेपालमा पहिलो पटक भेटिएको भन्ने पुष्टि गर्दै अनुुसन्धानकर्ताद्वारा लेखिएको एक लेख …

0 comment
0 FacebookTwitterEmail

सङ्खुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जमा बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन सुरु भएको छ। मकालु वरुण राष्ट्रिय निकुञ्जमा बहुमूल्य जडीबुटीका रुपमा लिइने यार्सागुम्बा सङ्कलन जेठ २० गतेदेखि सुरु भएको मकालु वरुण राष्ट्रिय निकुञ्जका सूचना अधिकारी स्मृति पहारीले जानकारी दिनुभयो। सो निकुञ्जमा दुई प्रजातिको यार्सागुम्बा पाइन्छ।

कार्यालयले सोलुखुम्बुको महाकुलुङ र छेस्काम मध्यवर्ती उपभोक्ता समिति, सङ्खुवासभाको किमाथांका मध्यवर्ती उपभोक्ता समिति, चेपुवा, अरुण वरुण, मकालु, पाथीभरा, सेदुवा, पुखुवा, सिलिचोङ, मांतेवा, ताम्कु, बाला र सिसुवा मध्यवर्ती उपभोक्ता समितिमार्फत पुर्जी दिने व्यवस्था गरेको छ।

अनुमति लिएका व्यक्ति वा समूहले आगामी असार २० गतेसम्म यार्सागुम्बा सङ्कलन गर्न पाउने सूचना अधिकारी पहारीले बताउनुभयो। यार्सागुम्बा मकालु, भोटखोला र सिलिचोङ गाउँपालिका …

0 comment
0 FacebookTwitterEmail

म्याग्दी जिल्लाका महिला उद्यमीले हाते तानमा बुनेर तयार पारेका अल्लो र ढाकाका कपडा विदेश निर्यात हुने गरेको छ। यहाँका महिलाले अल्लो र ढाकाबाट तयार पारेका टोपी, पछ्यौरा, रुमाल, पर्स, झोलालगायत सामग्री विदेश निर्यात गरी मनग्य आम्दानी गर्न थालेका हुन्।

बेनी नगरपालिका–७ मङ्गलाघाटकी लीला पुनले अल्लो र ढाकाबाट टोपी, पछ्यौरा, रुमाल, पर्स, झोलालगायत विदेशमा पठाएर यस वर्ष रु १५ लाख आम्दानी भएको जानकारी दिनुभयो। उत्पादित कपडाको अष्ट्रेलिया, जापान, लण्डन, हङ्कङ, दक्षिण कोरिया, अमेरिकालगायत युरोपका देशबाट नियमित माग हुने गरेको उहाँको भनाइ छ।

विदेशमा रहेका नेपालीको रोजाइमा ढाकाबाट बनेका विभिन्न किसिमका सामग्री पर्न थालेपछि महिला उद्यमी पुनलाई भ्याइनभ्याइ छ। स्वदेश तथा विदेशबाट …

0 comment
0 FacebookTwitterEmail

भर्खरैको वर्षाले खेतमा राम्रो चिस्यान भएपछि यहाँका किसान धानको ब्याड राख्ने तयारीमा छन्। भरपर्दो बीउ नपाउँदा किसानको हैरानी भने बढेको छ। जेठ चौथो साताको प्रारम्भसँगै महोत्तरीका सबै भेगमा परेको पानीले माटोमा चिस्यान बनेको छ। यो चिस्यानमै ब्याड राख्ने तरखरमा रहेका किसान बीउ नपाएपछि हैरान बनेका हुन्।

“धुले बीउ राख्न हुनेगरी पानी त पर्‍यो, तर भरपर्दो बीउ पाइएको छैन”, महोत्तरी भङ्गाहा–४ रामनगरका ७० वर्षीय किसान शेष जब्बर भन्नुहुन्छ, “बजारमा किनिएको बीउ राम्रो उमारेको नहुँदा विगतमा दुःख पाएका छौँ।”

बजारमा किनिएको बीउ राम्ररी नउम्रने, नगाँजिने र पोटिलो दाना नलाग्ने गरेको विगत अनुभवले जब्बारलाई अब के गर्ने भन्ने चिन्ताले पिरोलेको छ। जब्बारमात्र नभएर …

0 comment
0 FacebookTwitterEmail

खोटाङ, २६ जेठः खोटाङको दिक्तेल बजारमा आगामी कात्तिकमा हुने राष्ट्रिय बाँस सम्मेलन तयारीका लागि पूर्वमन्त्री गणेश साहको संयोजकत्वमा समिति गठन गरिएको छ।  काठमाडौँमा जेठ २६ गते आयोजित सरोकार भएकाहरूको भेलाबाट पूर्व वन, वातावरण तथा प्रविधिमन्त्री साहको संयोजकत्वमा समिति गठन गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो।

भेलाले बाँस उद्योग सञ्चालन र पर्यावरण संरक्षण गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले आगामी कात्तिक २, ३ र ४ गते दिक्तेल बजारमा सम्मेलन गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो। “दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थानीय आयोजक रहने सम्मेलनमा बाँस सोधकर्ता, उद्यमी, व्यवसायी तथा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरूको सहभागिता रहने छ। पूर्वमन्त्री साहले …

0 comment
0 FacebookTwitterEmail

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ मेलडाँडामा व्यावसायिक सुन्तलाखेती सुरुआत गरिएको छ। जेठ २६ गते एक कार्यक्रमका बीच निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद माधव सापकोटाले सुन्तलाको बिरुवा रोपेर व्यावसायिक सुन्तलाखेतीको  सुरुआत गर्नुभयो।

त्यसअवसरमा सापकोटाले सुन्तलाखेतीबाट आर्थिक अवस्था सुधार र स्थानीयस्तरमा रोजगारी सिर्जना गरी युवाको पलायन रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले मेलडाँडाबाट सुरु भएको नमुना खेतीलाई क्रमशः विस्तार गरेर वडा नं ३ र ४ मा विस्तार गरिनपर्नेमा जोड दिनुभयो।

बलेफी गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङले नगदेबाली र सहकारीको संयोजनमा हुने सामूहिक खेतीका लागि गाउँपालिकाको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कृषि उत्पादनसहित पर्यटन प्रवर्द्धनको उद्देश्य पूरा गर्न प्रदेश एवं …

0 comment
0 FacebookTwitterEmail

सुन्दरीजलस्थित वाग्मतीको मुहान क्षेत्रबाटै सफाइ सुरु गरिएको छ। गुह्येश्वरीमाथिको वाग्मतीमा सफाइ गर्दै आएका अभियानकर्मीको समूहले जेठ २६ गते मुहान क्षेत्रका फोहर टिपेर अभियान सुरु गरेका हुन्।

वाग्मतीको मुहान सफा नभए तल्लो भागमा जति सफाइ गरे पनि फोहर बढिरहने भएकाले यस क्षेत्रको सफाइ गरिएको अभियानकर्मी उत्तम पुडासैनीले  जानकारी दिनुभयो। वाग्मती सफाइमात्र नभई वाग्मती बचाउ अभियान नै सुरु गर्नुपर्ने भन्दै उहाँले एक दशकअघिदेखि निरन्तर सफाइ भइरहेको बताउनुभयो।

एक दशकअघिदेखिको अभियानले चेतना जगाए पनि फोहर आफैँले व्यवस्थापन गर्न अघि नसर्दा नदी फोहर हुने क्रम भने यथावत् रहेको अभियानकर्मीको भनाइ छ। गुह्येश्वरीमाथिको वाग्मती सफाइको जेठ २६ गते पाँच सय ३८औँ हप्ता हो। अभियानले जेठ …

0 comment
0 FacebookTwitterEmail

नीति निर्माता तथा विज्ञहरु गाँजा खेतीका लागि अध्ययन र अनुसन्धानमा लचिलो देखिएका छन्। आगामी आव २०८१/८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे जेठ २५ गते प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफल भएको थियो। उक्त छलफलमा सहभागीहरूले गाँजाको व्यावसायिक उत्पादन गर्नुपर्नेमा जोड दिनुपर्ने बताए।

बजेटमा उल्लेखित ‘औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने’ विषयमा समितिले छलफल चलाएको थियो। अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुतीमा गाँजाबाट निर्मित ब्याग बोकेको प्रसङ्ग उठाउँदै भन्नुभयो, “गाँजा उत्पादन जताततै छ। मैले बोकेको ब्यागको पनि चर्चा भयो। यसका उत्पादन प्रयोग भइ नै रहेका छन्। यसको प्रयोगबाट कुलतमा फसेका पनि छन्। सचेत भएर गाँजालाई …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved