Home » ताजा खबर » Page 10
Category:

ताजा खबर

Musk and Ex EU Tech Chief

अमेरिकी प्रविधि उद्यमी एलन मस्क र युरोपेली सङ्घ (इयू) का पूर्व डिजिटल प्रमुख थियरी ब्रेटनबीचको विवाद थप चर्किएको छ ।

शनिबार भावी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगीका रूपमा हेरिनुभएका प्राविधिक व्यवसायी लामो समयदेखि डिजिटल स्पेसलाई नियमन गर्ने इयूको नियमहरूको आलोचना गर्दै ब्रसेल्सलाई ‘सेन्सरशिप’ को लागि आरोप लगाउँदै आउनुभएको छ ।

यसै साता मेटाका प्रमुख मार्क जुकरबर्गले पनि उक्त बिषयमा आरोप लगाउनुभएको थियो ।

मस्कले हालै महाद्वीपका नेताहरूको बारम्बार अपमान र अर्को महिना हुने चुनावअघि अति दक्षिणपन्थी जर्मन एएफडी पार्टीलाई खुला समर्थन गरेर युरोपलाइ चिढ्याउनु भएको थियो।

ब्रेटनले चुनावमा हस्तक्षेप नहोस् भनेर युरोपले कदम चाल्न सक्ने बताएपछि ब्रेटनविरुद्ध उहाँको पछिल्लो …

Musk and Ex EU Tech Chief
0 comment
0 FacebookTwitterEmail

कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको हो ।

मङ्गलबार लामिछाने तर्फका कानुन व्यवसायीको बहस सकिएपछि अन्य प्रतिवादीहरूको बहस सुरु भएको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । सोमबार र मङ्गलबार लामिछाने पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, रमणकुमार श्रेष्ठ, सुरेन्द्र थापालगायतले बहस गरेका थिए ।

यसअघि प्रतिवादी लीला पछाई र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले बहस गरेका थिए । सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले उक्त …

0 comment
0 FacebookTwitterEmail

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनी सशस्त्र विद्रोही समूह हमासलाई चेतावनी दिएका छन् । गाजामा इजरायली बन्धकहरूलाई लिएर उनले हमासलाई चेतावनी दिएका हुन् ।

आफूले पदभार सम्हाल्नु अघि इजरायली बन्धकहरूलाई रिहा गरिएन भने मध्य पूर्वमा सबै कुरा बर्बाद हुने आफ्नो पुरानो चेतावनी उनले दोहोर्‍याएका हुन् । यो हमाससहित कसैको लागि राम्रो नहुने उनको भनाइ छ । ह्वाइट हाउसमा फर्कनु १३ दिन अघि उनको यो चेतावनी आएको हो ।

गाजामा युद्ध विराम वार्तामा निकै प्रगति भइरहेको आफूलाई लागेको अनि धेरै कुरा बोल्न नचाहेको प नि उनले बताए । गाजामा युद्धविराम र हमासको कब्जामा रहेका बन्दीहरूको रिहाइलाई बाहिरिँदै गरेका अमेरिकी राष्ट्रपति जो …

0 comment
0 FacebookTwitterEmail

अमेरिकाको लस एन्जलिसको जंगलमा लागेको आगो तीव्र गतिमा फैलिरहेको छ । २० एकड क्षेत्रफलमा सुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको छ । 

दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले यहाँबाट ३० हजार मानिसलाई सुरक्षित स्थमाकम निकाल्न निर्देशन दिइएको बताएका छन् । यस वनको आगलागीबाट १३ हजार भवन जोखिममा छन् । 

केही भिडियो फुटेजले प्यासिफिक पालिसेड क्षेत्रका घरहरू नजिकका क्षेत्रहरूबाट बाक्लो धुवाँ निस्किरहेको देखाउँछ। यहाँ बसोबास गर्ने मानिसहरू आफ्नो घर र सवारीसाधन छोडेर भागेको देखिन्छ ।

क्यालिफोर्नियामा लाखौँ मानिसहरूका लागि चेतावनी जारी गरिएको छ। आगो अझै फैलिने खतरा छ ।

0 comment
0 FacebookTwitterEmail

गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब रु नौ अर्ब ६६ करोड हुने भएको छ। बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो।

उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो । कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार उक्त सडकमा तीन किसिमका पर्खाल (आरसिसी रिटेनिङ, प्लम र गेभियन वाल) लगाउनुपर्ने अध्ययनबाट देखिएको छ।

‘अध्ययनबाट केही स्थानमा पहिला पुल बनाउनुपर्ने …

0 comment
0 FacebookTwitterEmail

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ र बिक्रीदर एक सय ७० रुपैयाँ ७४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

यस्तै अष्ट्रेलियन डलर एकको …

विदेशी मुद्राको भाउ, कसको मूल्य कति ?
0 comment
0 FacebookTwitterEmail

देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपंछी गणनाकार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणनाकार्य गरिँदै आएको छ ।

जनवरी ४ तारिखदेखि १९ सम्म (पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपंछीको सङ्ख्या, प्रजाती, बासस्थानको अवस्था बारे जानकारी लिनका लागि गणनाकार्य हुनलागेको नेपाल पंछीविद सङ्घका बरिष्ठ चरा विद तथा वेटल्याण्ड्स इन्टरनेशनल नेपालका लागि जलपंछी गणना संयोजक लक्ष्मणप्रसाद पौडयालले बताए ।

उनका अनुसार यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङकलनकार्य हुनेछ । गत वर्ष कोशिटप्पु बन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज, काठमाडौँ, …

0 comment
0 FacebookTwitterEmail

नेपाली राजदूतावास लन्डनले बेलायतमा रहेका नेपाली सङ्घसंस्थालाई आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

दूतावासले, बेलायतमा रहेका सम्पूर्ण सङ्घसंस्थालाई यही पुस २३ गतेभित्र सम्पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरेको छ । आगामी दिनमा नेपाली सङ्घसंस्थाले आयोजना गर्ने कार्यक्रम र नेपाली समुदायसँग सहकार्य गर्ने उद्देश्यले विवरण अध्यावधिक गर्न लागिएको दूतावासले जनाएको छ ।

दूतावासद्वारा जारी सूचनामा भनिएको छ, “संयुक्त अधिराज्यमा हाल क्रियाशील रहेका नेपाली सङ्घसंस्थारसङ्गठनको विवरण आवश्यक भएकाले सम्बन्धित लिङ्कमा गई ०७ जनवरी २०२५ भित्र आ–आफ्नो विवरण अद्यावधिक–उपलब्ध गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ ।”

बेलायतमा रहेका सङ्घसंस्थासँग नेपाली समुदाय र नेपालको हितका लागि सहकार्य गर्न लालयित रहेको जनाउँदै समुदायबाट …

0 comment
0 FacebookTwitterEmail

रियाल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राती भएको खेलमा भ्यालेन्सिलाई २-१ ले हराउँदै रियाल शीर्ष स्थानमा उक्लिएको छ ।

ह्यूगो डुरोले सुरुवाती अग्रता दिलाएको भ्यालेन्सिया दोस्रो हाफपछि दबाबमा आयो । रियालले ५५ र ५९ औं मिनेटमा गरेका दुई प्रहारले गोलको मान्यता पाएनन् । र, ७९ औ मिनेटमा मिनिसियस जुनियरले रातो कार्ड खाएपछि १० जनामा सिमिति भएको रियाल थप आक्रामक बन्यो ।

८५ औं मिनेटमा लुका मोड्रिच र अतिरिक्त समयमा जुड बेलिङ्गहमले गोल गर्दै टोलीलाई जित दिलाए । जितसँगै रियाल ४३ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ भने ४१ अंक बटुलेको एटलेटिको मड्रिड दोस्रो स्थानमा …

0 comment
0 FacebookTwitterEmail

सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्ष २०२४ को जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार पाँच सय ६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।

बोर्डका निर्देशक मरिणराज लामिछानेका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा १४ प्रतिशतभन्दा बढी पर्यटक आगमन बढेको छ । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटकभन्दा बढी आउने अनुमान गरेको थियो । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved