कपिलवस्तुको सगहरवामा मूर्तिकला कार्यशालाबाट तयार भएका मूर्तिको व्यवस्थापन गरी उद्यानका रुपमा विकास गर्न स्थानीयले अग्रसरता लिनुपर्नेमा जोड दिइएको छ ।
लुम्बिनी विकास कोषले आइतबार सगरहवामा निर्माण गरिएका मूतिरुको संरक्षणका सन्दर्भमा स्थानीय र सरोकारवालासँग गरिएको छलफल कार्यक्रममा स्थानीयकै अग्रसरतामा मात्रै सम्पदास्थल संरक्षण हुने भएकाले अगुवाइ गर्न आग्रह गरिएको हो । लुम्बिनी विकास कोष, कपिलवस्तु नगरपालिकासहितका विभिन्न सङ्घसंस्थाको सहकार्यमा गत वर्ष कपिलवस्तु राष्ट्रिय मूिर्त कार्यशाला गरी सगरहवाको ऐतिहासिकता प्रस्तरमा उतारिएको छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य विष्णु पन्थीले ओझेलमा रहेको सगरहवामा बनेका मूतिलाई आर्कषक उद्यानका रुपमा विकास गर्न सके यसबाट स्थानीयले धेरै लाभ लिनसक्ने बताउनुभयो । लुम्बिनी आउने पर्यटकको बसाई अवधि अत्यन्तै छोटो …
