Home » प्रोफाइल/अन्तर्वार्ता » अन्तर्वार्ता » Page 2
Category:

अन्तर्वार्ता

नेपालको प्रशासन र कर्मचारीको कार्यशैलीलाई नजिकबाट नियाल्दै आउनुभएका प्रशासनविद् भीमदेव भट्टले तीन दशक भन्दा बढि समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरेर बिताउनुभयो।  लोकसेवा आयोगका आयुक्तका रूपमा काम गर्नुभएका भट्ट लोकसेवाबाट अवकाश पाएपछि पनि लोकसेवाका प्रतियोगीको परीक्षण गर्ने काममा  संलग्न हुनुभयो। नेपालको निजामती प्रशासनको विकृति र बेथितिका बारेमा बेलाबेलामा टिप्पणी गर्ने  भट्टले नेपालको निजामती प्रशासनलाई रद्दीको टोकरीबाट झिकिएका उत्कृष्ट रद्दीको समुह हो भन्नुहुन्छ। राजनीतिक दलैपिच्छे भएका कर्मचारीका युनियनले यसलाई अझै विकृत बनाएको उहाँको तर्क छ। निजामती प्रशासनका विविध विषयमा आइएनएस स्वतन्त्र समाचारले गरेको कुराकानीको सारांशः

दलपिच्छेका ट्रेड युनियनले यसलाई विकृत बनाउँदै लगेका छन्। हुन त राजनीति पनि अनुशासित छैन। अनगिन्ती दलहरू छन्।

सरकारी कर्मचारीहरू रद्दीको टोकरीबाट झिकिएका उत्कृष्ट रद्दी हुन्: प्रा. डा. भीमदेव भट्ट, प्रशासनविद्
0 comment
0 FacebookTwitterEmail

राज्य वा प्रशासनकै व्यक्ति राजाले चलाउने हुँदा राजासित मात्र उत्तरदायी र बफादार भए पुग्थ्यो । अहिले त अनेकौं दल छन् ती सबै दलले भनेको मान्नैपर्ने बाध्यता कर्मचारीतन्त्रलाई छ । धेरै दलप्रति उत्तरदायी हुनुपरेपछि कर्मचारीको काममा पनि अलमल देखिन्छ ।

सरकारी सेवामा ३५ वर्ष बिताउनुभएका पूर्व सचिव शरदचन्द्र पौडेलले निजामती सेवामा  कुशल, कर्तव्यनिष्ठ तथा इमान्दार प्रशासकको छवि बनाउनुभएको थियो । विभिन्न जिल्लाका विभिन्न निकायमा हरेर एलडिओ, सिडिओ तथा महानिर्देशक भएर काम गर्नुभएका पौडेल आम कर्मचारीको लागि मार्गदर्शक तथा उत्प्रेरणाको स्रोत समेत हुनुहुन्छ । २०४० सालमा शाखा  अधिकृतबाट सेवा प्रवेश गर्नुभएका पौडेलसँग पञ्चायतकालीन शासन व्यवस्थादेखि राजसंस्थात्मक तथा गणतन्त्रात्मक शासन व्यवस्थाको  कर्मचारी प्रशासनसँग …

राजनीतिले आफ्नो प्रवृत्ति नसुधारेसम्म कर्मचारीले पनि आफ्नो कार्यशैलीमा सुधार गर्न सक्दैन-  शरदचन्द्र पौडेल,  पूर्व सचिव
0 comment
0 FacebookTwitterEmail

आम सेवाग्राहीले नेपालको  सार्वजनिक प्रशासन र कर्मचारीतन्त्रको नाम सुन्नासाथ मुन्टो बटार्छन्। पहिले आम जनताको मनमा इज्जत, शान र प्रतिष्ठाका साथ बसेको कर्मचारीतन्त्रसँग यतिबेला नागरिकको ठूलो गुनासो छ। दिनप्रतिदिन मुलुकी प्रशासन कमजोर र समस्याग्रस्त बन्नुका कारक तत्त्वहरू के हुन त? त्यसको पहिचान कसरी गर्ने? त्यसलाई सुधारको बाटो कसरी देखाउन सकिन्छ? यिनै प्रश्नमा केन्द्रित भएर स्वतन्त्र समाचार-आइएनएसले पूर्व सचिव  शारदाप्रसाद त्रितालसँग कुरा गरेको थियो। उहाँको भनाइमा सरकार सुध्रिए मात्र कर्मचारी सुध्रने र कर्मचारी सुध्रने वित्तिकै प्रभावकारी प्रशासनको विकास हुन्छ।  वि.सं. ०३७ सालमा कृषि विकास बैंकबाट सार्वजनिक सेवा प्रवेश गर्नुभएका त्रितालले नेपालको प्रशासनका विभिन्न क्षेत्रमा ३६ वर्षभन्दा वढी समय काम गर्नुभयो। २०७३ सालमा …

प्रशासन सुधारको जिम्मा अब जनताले लिनुपर्छः शारदा प्रसाद त्रिताल, पूर्व सचिव
0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved