अमेरिकी प्रविधि उद्यमी एलन मस्क र युरोपेली सङ्घ (इयू) का पूर्व डिजिटल प्रमुख थियरी ब्रेटनबीचको विवाद थप चर्किएको छ ।
शनिबार भावी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगीका रूपमा हेरिनुभएका प्राविधिक व्यवसायी लामो समयदेखि डिजिटल स्पेसलाई नियमन गर्ने इयूको नियमहरूको आलोचना गर्दै ब्रसेल्सलाई ‘सेन्सरशिप’ को लागि आरोप लगाउँदै आउनुभएको छ ।
यसै साता मेटाका प्रमुख मार्क जुकरबर्गले पनि उक्त बिषयमा आरोप लगाउनुभएको थियो ।
मस्कले हालै महाद्वीपका नेताहरूको बारम्बार अपमान र अर्को महिना हुने चुनावअघि अति दक्षिणपन्थी जर्मन एएफडी पार्टीलाई खुला समर्थन गरेर युरोपलाइ चिढ्याउनु भएको थियो।
ब्रेटनले चुनावमा हस्तक्षेप नहोस् भनेर युरोपले कदम चाल्न सक्ने बताएपछि ब्रेटनविरुद्ध उहाँको पछिल्लो …
