बेँसीशहर-चामे सडक खण्डमा रहेको नासो गाउँपालीका-१ स्थित म्यार्दी भीर । विसं २०५९ सालमा नेपाली सेनाले यस सडकको ट्रयाक खोलेर सञ्चालमा आएको यस सडक बेँसीशहरदेखि चामे सम्म ६५ किलो मिटर छ । तस्बिर : नवीन लामिछाने/रासस
मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ खोला बगरबाट देखिएको चाङफुइ हिमाल र आसपासका दृश्य । बिहीबार परेको आंशिक हिमपातपश्चात् चाङफुइ हिमाल सेताम्मे देखिएको छ। मुस्ताङमा विगत तीन वर्षदेखि हिमपात हुन नसक्दा किसानहरु निराश छन् ।
तनहुँको बन्दीपुर गाउँपालिका -२ मा रहेको थानीमाई मन्दिर र बन्दीपुर बजार । बन्दीपुर प्राकृतिक मनोरम दृश्य, यहाँको संस्कृति र रहनसहनले पर्यटकमाझ यचर्चित छ।
इलामको माई नगरपालिकास्थित चिलिमकोट चिया बगानमा ‘स्प्रिङकल’ जडान गरी सिँचाइ गरिँदै । । लामो समय वर्षा नभएपछि चिया बगानमा वैकल्पिक व्यवस्था गरी सिँचाइ सुरु गरिएको हो ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा पर्ने धौलागिरि हिमालको आधार शिविर क्षेत्र । धौलागिरि आधार शिविर पुग्ने पदमार्ग नहुँदा मनमोहक र रमणीय भएपनि यहाँ पर्यटन विकास हुनसकेको छैन् ।
मनाङ ङिस्याङ गाउँपालिका–५ सब्जेस्थित हिउ जमेको झरनाखोला । जहाँ जलवायु परिवर्तनका कारण हिमालको हिउ पग्लिए पनि अत्यधिक चिसोका कारण जमेका झरनाखोलामा जहाँ आईस क्लम्बिङका गर्न सकिन्छ ।