उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता र आर्थिक अस्थिरताप्रति चिन्ता व्यक्त गर्नुभएको छ। मध्यपश्चिम र नेपाल खुला विश्वविद्यालयको आयोजनामा यही जेठ ३२ गतेसम्म सञ्चालन हुने ३०औँ दिगो विकास अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको जेठ २९ गते ललितपुरमा आयोजित उद्घाटन समारोहमा उहाँले पछिल्लो समय विश्वले सामना गर्दै आएका जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता र आर्थिक अस्थिरतालगायत चुनौती विशाल र जटिल बन्दै गएकामा चिन्ता व्यक्त गर्नुभएको हो।
“जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता र आर्थिक अस्थिरता हाम्रो मुख्य चुनौती हो, यद्यपि, यी चुनौतीभित्र समाज र अर्थतन्त्रलाई समान र दिगोरूपमा रूपान्तरण गर्ने महत्वपूर्ण अवसर पनि रहेका छन्”, उहाँले भन्नुभयो, “नवीकरणीय ऊर्जा …
