यी जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं। बाढी पूर्वानुमान महाशाखाले सोमबार देशका केही सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने बताएको छ।

सोमबार (आज) लमजुङ, कास्की र पर्वत भई बहने केही साना नदीरूमा बहाव उल्लेख्य बढ्ने भएको हो। महाशाखाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

यसैगरी लमजुङ, कास्की, पर्वत, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानुपर, ललितपुर, काभ्रेपलान्चोक, गोरखा आसपास भई बग्ने नदीमा बहाव बढ्ने महाशाखाले पूर्वानुमान गरेको छ। यस्तै, स्याङ्जा, म्याग्दी, बागलुङ, पाल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, दैलेख, अछाम, डोटी, बझाङ, मुगु हुम्ला, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला आसपासका नदीमा पनि बहाव बढ्न सक्ने अनुमान छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
यी जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link