विशेष समाचार ब्युरो
पृथ्वीको उत्तरी गोलार्ध यस वर्ष इतिहासकै सबैभन्दा घातक र लामो ‘हिट वेभ’ (लु वा अत्यधिक तातो हावा) को चपेटामा परेको छ। युरोपदेखि दक्षिण एसिया, पूर्वी एसिया, अफ्रिका र अमेरिकी क्षेत्रसम्म फैलिएको यो अत्यधिक गर्मी केवल एक मौसमी उतारचढाव मात्र नभई एउटा भयानक वातावरणीय सङ्कटका रूपमा देखा परेको छ।
विश्व मौसम विज्ञान सङ्गठन र युरोपेली जलवायु निकाय ‘कोपरनिकस’ का पछिल्ला तथ्याङ्कहरूले सन् २०२६ को यो ग्रीष्म ऋतुलाई इतिहासकै सबैभन्दा तातो र विनाशकारी समयका रूपमा अङ्कित गरेका छन्।
कहाँ कति तापक्रम
जलवायु वैज्ञानिकहरूका अनुसार यो वर्ष पृथ्वीको औसत सतहको वायुको तापक्रम विगतको तुलनामा निकै माथि पुगेको छ, जसका कारण