मुक्तिनाथ विकास बैँकलाई आइक्यान अवार्ड

वित्तीय क्षेत्रतर्फ मुक्तिनाथ विकास बैंकको वार्षिक प्रतिवेदन उत्कृष्ट ठहरिएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले विकास बैंक र वित्त कम्पनीमध्येबाट मुक्तिनाथ विकास बैंकलाई राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड प्रदान गरेको हो।

हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणालीअन्तगृत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थालाई आइक्यानले राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार (बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२२) प्रदान गर्दै आएको छ। विभिन्न विधामध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष ०७९/८० का लागि बैँकले सो अवार्ड पाएको हो।

सोही पुरस्कार आव ०७५/०७६, ०७६/०७७, ०७७/०७८ मा पनि प्राप्त गरेको थियो। ०७८/०७९ समेत गरी बैँकले लगातार चौथोपटक यो अवार्ड पाएको हो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
मुक्तिनाथ विकास बैँकलाई आइक्यान अवार्ड
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link