गाजालाई नियन्त्रणमा लिने उद्देश्य अनुसार इजरायलले सुरु गरेको नयाँ आक्रमणमा २५० भन्दा धेरै मारिएका छन् ।
इजरायली सेनाले गाजामाथि नियन्त्रण प्राप्त गर्ने उद्देश्यले नयाँ आक्रमण सुरु गरेको छ। इजरायलले व्यापक आक्रमणहरू गर्नुका साथै सेना पनि तैनाथ गरिएको जानकारी दिएको हो।
गाजाका स्वास्थ्य अधिकारीहरूले बिहीबार बिहानदेखि सुरु भएको पछिल्लो इजरायली आक्रमणमा २५० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताएका छन्। हमासका अनुसार शुक्रबार मात्र १०० भन्दा बढी मानिस मारिएका छन् ।
इजरायलले उत्तरी गाजामा प्यालेस्टिनीहरूलाई क्षेत्र छोड्न आग्रह गर्दै पर्चाहरू खसालेको छ। इजरायलले हमासविरुद्धको सैन्य कारबाहीलाई तीव्र बनाउने तयारी गरिरहेको आशंकाबिच यो कदम चालिएको हो।
पछिल्ला केही दिनमा इजरायली सेनाले आक्रमण तीव्र बनाएको छ। ‘आतंकवादी लुक्ने ठाउँहरू’ लाई लक्षित गरेको इजरायलको दाबी छ । संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टुएर्कले भने गाजामा इजरायलको बढ्दो आक्रमणको कडा निन्दा गरेका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्रा विनिमय दर निर्धारण
- बागमती प्रदेशको आर्थिक वर्ष २०८२/८३ को बजेटलाई हेर्दा
- इरान-इजरायलबिच तनाव कायमै
- सातै प्रदेशका बजेट २०८२/८३: कुल आकार, प्राथमिकता र मुख्य लक्ष्यहरू
- अमेरिका इरान-इजरायल युद्धमा संलग्न हुन्छ सक्ने
- सात प्रदेशले आगामी आव २०८२/८३ को बजेट आज प्रस्तुत गर्दै
- इजरायल-इरान तनाव: लामो युद्धको लागि तयार रहेको इरानको दाबी
- कमी हुँदै भिरमह उत्पादन
- इरानले इजरायलमाथि गर्यो जवाफी आक्रमण
- समय थप्दापनि पूरा भएन राहुघाट जलविद्युत् आयोजना
