गाजालाई नियन्त्रणमा लिने उद्देश्य अनुसार इजरायलले सुरु गरेको नयाँ आक्रमणमा २५० भन्दा धेरै मारिएका छन् ।
इजरायली सेनाले गाजामाथि नियन्त्रण प्राप्त गर्ने उद्देश्यले नयाँ आक्रमण सुरु गरेको छ। इजरायलले व्यापक आक्रमणहरू गर्नुका साथै सेना पनि तैनाथ गरिएको जानकारी दिएको हो।
गाजाका स्वास्थ्य अधिकारीहरूले बिहीबार बिहानदेखि सुरु भएको पछिल्लो इजरायली आक्रमणमा २५० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताएका छन्। हमासका अनुसार शुक्रबार मात्र १०० भन्दा बढी मानिस मारिएका छन् ।
इजरायलले उत्तरी गाजामा प्यालेस्टिनीहरूलाई क्षेत्र छोड्न आग्रह गर्दै पर्चाहरू खसालेको छ। इजरायलले हमासविरुद्धको सैन्य कारबाहीलाई तीव्र बनाउने तयारी गरिरहेको आशंकाबिच यो कदम चालिएको हो।
पछिल्ला केही दिनमा इजरायली सेनाले आक्रमण तीव्र बनाएको छ। ‘आतंकवादी लुक्ने ठाउँहरू’ लाई लक्षित गरेको इजरायलको दाबी छ । संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टुएर्कले भने गाजामा इजरायलको बढ्दो आक्रमणको कडा निन्दा गरेका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- फिफा विश्वकप २०२६: पहिलो खेलमै अमेरिकाको शानदार सुरुवात, पाराग्वे ४–१ ले पराजित
- भौतिक पूर्वाधार बलियो तर कक्षाकोठा रित्तो
- कैलालीमा वन अतिक्रमण विरुद्ध ठुलो ‘एक्शन’
- मेटाको ह्वाट्सएपद्वारा एनएसओ ग्रुप विरुद्ध अदालतको अवहेलना मुद्दा हाल्ने तयारी
- पूर्ण खोप सुनिश्चिततातर्फ कालीकोट
- अब तनहुँमा पनि रुद्राक्ष पकेट क्षेत्र
- फिफा विश्वकप २०२६: क्यानडा र बोस्नियाबिचकोखेल १-१ को बराबरीमा टुङ्गियो
- आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम
- फिफा विश्वकप २०२६: दोस्रो दिन सह-आयोजक क्यानडा र अमेरिका मैदानमा उत्रिँदै