सामाजिक र धार्मिक सद्भाव भड्किने सङ्केत देखिएपछि नेपालगन्जमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले दिउँसो साढे १२ बजेदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको हो ।
नेपालगन्जमा दुई धार्मिक समुदायबिच तनाव सिर्जना हुन नदिन कर्फ्यु आदेश जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ। आज बिहान नेपालगन्जमा निकालिएको एउटा र्यालीले बजार परिक्रमा गरेको थियो । ठुलो सङ्ख्यामा निस्किएको र्यालीमा घरमाथिबाट ढुङ्गा र इँटा प्रहार भएको र स्थिति असामान्य भएपछि कर्फ्यु लगाइएको हो बताइएको छ। बजार क्षेत्रमा ५ सय बढी प्रहरीहरू परिचालन गरिएको छ । एक सयभन्दा बढी सङ्ख्यामा सशस्त्र प्रहरी परिचालित गरिएको छ ।
नेपालगन्जमा सम्भावित तनावलाई मनन गर्दै आज बिहान सद्भाव र्यालीसमेत निकालिएको थियो । सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलगायतका धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितामा पदयात्रा निकालिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सञ्जालमा पनि एकअर्काविरुद्ध जथाभाबी नलेख्न आग्रह गरेको थियो । सामाजिक र धार्मिक सद्भाव भड्काउने गतिविधि गरेमा स्थानीय प्रशासनले कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जनकपुरमा जानकी जन्मोत्सव, विभिन्न कार्यक्रमका साथ मनाइँदैछ
- वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
- कुटानी-पिसानी मिलबाट एक लाख बढी आम्दानी
- चार महिनापछि सञ्चालनमा आयो यारी नाका भन्सार कार्यालय
- हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, २ जना प्रहरी निलम्बन
- गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
- अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय
- आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
- नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
- सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारको अल्टिमेटमप्रति ११ संस्थाको चिन्ता
