आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर सिंगापुरले पहिले ब्याटिङ रोजेको थियो ।
सिंगापुरका लागि ओपनर ब्याट्सम्यान रोहन रंगराजनले सर्वाधिक ४५ रन बनाए । आर्यविर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन बनाए । अक्षय पुरी १३ रनमा नटआउट रहे । अरूले भने दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
नेपालका लागि अभिनाष बोहोराले ३ विकेट लिए । यसैगरी सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई–दुई विकेट लिए ।
छनोटमा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन्। समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा जित हात पारे आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान पक्का हुनेछ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
