विषाक्त आहाराका कारण गिद्ध संरक्षणमा चुनौती थपिएको छ। विषाक्त आहाराकै कारण पछिल्लो समय गिद्ध मर्ने क्रम बढ्दै गएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा विषाक्त आहाराका कारण एक वर्षभित्रमा २३ गिद्ध मरेका छन्। विषाक्त आहाराका कारण बिरामी भएका गिद्धको उद्धार गरिएको जटायु रेस्टुरेन्टका अध्यक्ष एवं संरक्षणकर्मी डिबी चौधरी बताउनुभयो।
“गिद्ध जोगाउन ठूलो चुनौती देखिएको छ”, उहाँले भन्नुभयो, “विषादी प्रयोग गरेर कुखुराको मासु कुकुर र स्याललाई मार्न खुवाउने गरिएको छ। विषयुक्त मासु खाएर मरेका कुकुर र स्यालको सिनो खाँदा गिद्ध मरेका हुन्।”
यसअघि गाईवस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेक औषधिमा २०६३ जेठ २३ गते औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाए पनि लुकिछिपी बिक्री हुने गरेको छ। सो औषधिका कारण पनि गिद्ध संरक्षणमा चुनौती थपिएको चरा विद्हरु बताउँछन्। डाइक्लोफेनेक औषधि प्रयोग गरी उपचार गराइएका पशुको सिनो गिद्धले खाएमा मिर्गौलामा असर भई गिद्ध मर्ने गरेका चरा विज्ञ डा हेमसागर बरालले बताउनुभयो।
पछिल्लो समय मरेका कुकुर, स्याललगायतको सिनोमा डाइक्लोफेनेकभन्दा कडा विषादी प्रयोग गरिँदा गिद्ध मर्ने गरेको पाइएको चरा विज्ञ बरालले बताउनुभयो। “विषादी किनबेच गर्न विज्ञको सिफारिस अनिवार्य चाहिने व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जलेको अवस्थामा हरिकिसनको शव फेला, भेटियो जलाइएको मोटरसाइकल
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
