तनहुँको व्यास नगरपालिका–१३ बेलबासमा आठ फिट लामो अजिङ्गरको आज उद्धार गरिएको छ। डिभिजन वन कार्यालय तनहुँका कर्मचारीको सहयोगमा अजिङ्गरको उद्धार गरिएको हो।
उक्त ठाउँमा केही समय पहिलादेखि अजिङ्गर देखिन थालेको स्थानीयबासी मेघनाथ आचार्यले जानकारी दिनुभयो। अजिङ्गर घाइते अवस्थामा रहेकोले उद्धार पश्चात डिभिजन वन कार्यालयमा सुरक्षित राखिएको डिभिजन वन कार्यालयका कर्मचारी अर्जुनकुमार श्रेष्ठले जानकारी दिनुभयो।
उद्धार गरिएको अजिङ्गरलाई सुरक्षित रुपमा सामुदायिक वनमा छाडिने बताइएको छ। “स्थानीयबासीले केही समय पहिलादेखि उक्त अजिङ्गर यस क्षेत्रमा देखिएको जानकारी दिनुभएको थियो”, वन कार्यालयका कर्मचारी श्रेष्ठले भन्नुभयो, “आज पनि देखिनेबित्तिकै खबर गरेपछि हामीले उद्धार गरेर ल्याएका छौँ।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बाँदरको हैरानी झेल्न नसकेर कागतीखेतीमा
- जहाँ ‘संस्कार शिक्षा’ पढाउन थालियो…
- हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रायसीको निधन
- वर्षा भएको १० मिनेटमै बाढीको पूर्व सूचना
- सुदूरपश्चिममा ७५% लाई छैन गुणस्तरिय खानेपानी
- बिआरआईमा उपयुक्त समयमा नेपालले हस्ताक्षर गर्ने
- काक्राले महिला किसान खुशी
- बजेट अभावले निम्तायो चितवन निकुञ्जमा पानीको सङ्कट
- मेटिदैँछ खोकनाको पहिचान
- पुल एकातिर, खोला अर्कैतिर