महालेखापरीक्षकको कार्यालयसँगको सहकार्यमा नागरिक संस्था फ्रिडम फोरमद्धारा विराटनगर र नेपालगञ्जमा आयोजित कार्यमूलक लेखापरीक्षणमा नागरिक सहभागिता तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । विराटनगर र नेपालगञ्जमा सम्पन्न सो तालिम कार्यक्रमले ९५ जना सक्रिय नागरिक अडिटर तयार पार्नुका साथै कार्यमूलक लेखापरीक्षणका क्षेत्रमा काम गर्ने देशव्यापी एक अनौपचरिक सञ्जाल पनि निर्माण गर्ने निष्कर्शमा पुगेको छ । पारदर्शीता, जवाफदेहीता र नागरिक अधिकारका क्षेत्रमा काम गरेका नागरिक संस्थाका प्रतिनिधिहरूले यो विषयलाई आगामी दिनमा सक्रियताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
यही चैत्र ६–८ सम्म विराटनगरमा भएका तालिममा ४७ र चैत्र १०–१२ सम्म नेपालगञ्जमा भएकोमा ४८ गरी जम्मा ९५ नागरिक संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । सो मध्ये ३६ जना महिला (३९प्रतिशत) र सहभागी थिए ।
तीन दिने सो तालिम कार्यक्रममा लेखापरीक्षण र कार्यमूलक लेखापरीक्षणको चक्र, लेखापरीक्षणमा नागरिक सहभागिताको परिभाषा, सिद्धान्त, उद्देश्य, क्षेत्र र फाइदा तथा यसका अभ्यास लगायतका विषय समावेश गरिएका थिए । त्यसैगरी नेपालमा कार्यमूलक लेखापरीक्षणमा नागरिक सहभागिताको संस्थागत प्रवन्ध, गुनासो व्यवस्थापन संयन्त्र, कार्यमूलक कार्यमूलक लेखापरीक्षणमा नागरिक सहभागिताका विषय छनौट र नागरिक पृष्ठपोषण, नागरिक संस्थाको योग्यता र छनौट प्रक्रिया र कार्यमूलक लेखापरीक्षणमा नागरिक सहभागितामा प्रमाण संकलनका लागि प्रयोग हुने सामाजिक जवाफदेहिता औजारहरूका विषयमा विभिन्न सत्रमा तालिम संचालन गरिएको थियो । यसका अतिरिक्तनेपालका विभिन्न विषयगत क्षेत्रमा सम्पन्न गरिएका कार्यमूलक लेखापरीक्षणका नतिजा र सुझाव पनि प्रस्तुत गरिएको थियो । सहभागिहरूले कार्यमूलक लेखापरीक्षणमा नागरिक सहभागिता अभिवृद्धिका चुनौती र सुधारका विषयमा पनि सहभागितामूलक तरिकाले पृष्ठपोषण गरेका थिए ।
सो तालिम कार्यक्रमलाई महालेखापरीक्षकका नायब महालेखापरीक्षक, फ्रिडम फोरमका विषय विज्ञ, इवाईका विशेषज्ञ र भारतीय महालेखापरीक्षक कार्यालयका पूर्व नायव महालेखापरिक्षकले सहजीकरण गर्नुभएको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बल्ल खुल्यो सरकारको आँखाः अग्निपीडितलाई २ किस्तामा ५० हजार
- वायु प्रदुषण बढ्यो, विशेष सावधानी अपनाउनु: सरकार
- वर्षा माग्दै कालो नागलाई कुखुराको बली
- बालबालिका गाउँमा नबस्दा संस्कार र संस्कृति लोप हुने चिन्ता
- जङ्गलका स्रोत जोगाउनै मुस्किल
- यस्तो हुन्छ सरकारी जालो
- ४३६ स्थानमा डढेलो, निरिह सरकार
- बर्खाका लागि ४२ डिग्रीमा ‘गुइँठा’ बनाउँदै महिला
- पैसा नतिर्दा काटियो इन्टरनेटः झगडाको चेपोमा उपभोक्ता
- ‘उल्लु सर’ राजु आचार्यलाई विश्व प्रसिद्ध ह्विट्ली पुरस्कार