सङ्खुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जमा बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन सुरु भएको छ। मकालु वरुण राष्ट्रिय निकुञ्जमा बहुमूल्य जडीबुटीका रुपमा लिइने यार्सागुम्बा सङ्कलन जेठ २० गतेदेखि सुरु भएको मकालु वरुण राष्ट्रिय निकुञ्जका सूचना अधिकारी स्मृति पहारीले जानकारी दिनुभयो। सो निकुञ्जमा दुई प्रजातिको यार्सागुम्बा पाइन्छ।
कार्यालयले सोलुखुम्बुको महाकुलुङ र छेस्काम मध्यवर्ती उपभोक्ता समिति, सङ्खुवासभाको किमाथांका मध्यवर्ती उपभोक्ता समिति, चेपुवा, अरुण वरुण, मकालु, पाथीभरा, सेदुवा, पुखुवा, सिलिचोङ, मांतेवा, ताम्कु, बाला र सिसुवा मध्यवर्ती उपभोक्ता समितिमार्फत पुर्जी दिने व्यवस्था गरेको छ।
अनुमति लिएका व्यक्ति वा समूहले आगामी असार २० गतेसम्म यार्सागुम्बा सङ्कलन गर्न पाउने सूचना अधिकारी पहारीले बताउनुभयो। यार्सागुम्बा मकालु, भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रको मकालु वरुण निकुञ्जलगायत ठाउँमा पाइन्छ। यार्सागुम्बा उच्च हिमाली क्षेत्रका बान्सिदाको मुख्य आम्दानीको स्रोत हो। यार्सागुम्बा सङ्कलनका लागि निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रभित्रका स्थानीयलाई रु पाँच, मध्यवर्ती क्षेत्र सङ्खुवासभा र सोलुखुम्बुको उपभोक्ताका लागि रु दुई हजार र जिल्ला बाहिरका व्यक्तिका लागि रु तीन हजार प्रवेश शुल्क तोकेको छ।
गुणस्तरका आधारमा पहिलो नम्बरको यार्सागुम्बा प्रतिकेजी रु ४० लाखसम्ममा बिक्री हुने गरे पनि सङ्खुवासभामा यार्सागुम्बाप्रति केजी रु पाँच लाख ५० हजारदेखि रु सात लाख ५० हजारसम्ममा किनबेच हुने गरेको व्यापारीको भनाइ छ।
सङ्कलन गरिएको यार्सागुम्बा चीनको तिब्बती तथा काठमाडौँमा बढी निकासी हुने गरेको छ। निकुञ्ज सङ्खुवासभा र सोलुखुम्बुको एक हजार पाँच सय वर्गकिलोमिटरमा फैलिएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
