श्रीलंकामा आयोजित एसीसी महिला–२० प्रतियोगिताको उपाधि आयोजक श्रीलंकाले जितेको छ।
आइतबार भएको फाइनल खेलमा भारतलाई ८ विकेटले हराउँदै श्रीलंकाले उपाधि जितेको हो। शानदार जितका लागि श्रीलंकाकी कप्तान चमारी अथपथ्थु र हर्सिता शमराविक्रमाले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले।
पहिले ब्याटिङ गर्दै भारतले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले १८ दशमलव ४ ओभरमा मात्र दुई विकेट गुमाउँदै पूरा गर्यो। श्रीलंकाका लागि शमराविक्रमाले ५१ बलमा नटआउट रहँदै ६ चौका र २ छक्काको सहयोगमा ६९ रन बनाइन्।
यस्तै कप्तान चमारीले ४३ बलको सामना गर्दै ९ चौका र २ छक्का प्रहार गर्दै ६१ रनको उत्कृष्ट पारी खेलिन्। कभिसा दिलहारीले १६ बलमा १ चौका र छक्का प्रहार गर्दै नटआउट ३० रन बनाइन् भने ओपनर भीस्मी गुनाराथे १ रनमै रनआउट भएकी थिइन्।
भारतका लागि दीप्ती शर्माले एक विकेट लिइन्। अन्य बलर श्रीलंकाली ब्याटरमाथि हावी हुन सकेनन्। त्यसअघि पहिला ब्याटिङ गर्ने क्रममा भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाएको थियो।
भारतका लागि स्मृति मन्धानाले सर्वाधिक ६० रन बनाइन्। उनले १० चौका प्रहार गरिन्। यस्तै रिचा घोषले ३०, जेमीमाह रोड्रिजले २९, सेफाली वर्माले १६ र हरमनप्रीत कौरले ११ तथा उमा क्षेत्रीले ९ रन बनाउँदा पूजा भष्त्रकरले ५ र राधा यादवले १ रन जोडिन्।
श्रीलंकाका तर्फबाट कभिसा दिलहारीले २, उदिक्षा प्रबोधनी, सचीनी निसासला र चमारी अथपथ्थुले एक/एक विकेट लिए।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ट्रम्पको कडा करप्रति चीनको प्रतिक्रिया- ‘हामी चुप लागेर बस्दैनौं’
- मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
- पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग
- महाकालीमा बाँध निर्माण नहुँदा जोखिममा बस्ती
- आजबाट च्याम्पियन्स लिगको क्वार्टरफाइनल चरण, रोचक भिडन्त
- ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै
- विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, आरोपीले बोरामा हालेर गाडेका थिए शव
- ‘खानेपानीको सुविधा भयो, गाउँ छाडेर जान मन लाएको छैन’
- जीवनजल लिन घण्टौँ पैदलयात्रा गर्नुपर्ने अवस्था अन्त्य
- चीनको डिजिटल युआनले विश्व व्यापारमा नयाँ क्रान्ति
