निर्वाचन प्रक्रियामा सही सूचना प्रवाह हुनु पर्ने जोड

प्रमुख अतिथि सभामुख अग्नी प्रसाद सापकोटाले सही सूचना प्रवाह हुन सक्यो भने मात्र लोकतन्त्र बलियो हुने, निर्वाचन स्वच्छ र निश्पक्ष हुने, लागु भएको आचार संहिता कार्यान्वयन गर्नुपर्ने लोकतन्त्रको आत्मा नै निर्वाचन रहेको,, देश र जनताको हितमा काम गर्नका लागि सही सूचनाको आवश्यकता पर्ने, जति धेरै पारदर्शी हुन सक्यो त्यती उत्तरदायी बनाउन सकिने, सूचनाको हक कार्यान्वयनमा आयोग गंभिरतापूर्वक लाग्नेमा आफू विश्वस्त भएको बताउनुभयो।

कार्यक्रममा प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले मतदाताले सही सूचना प्राप्त गरे मात्र निर्वाचनको निष्पक्षता रहने कुरालाई मध्यनजर गरी कार्यक्रम आयोजना गरिएको। सूचनाको तोडमोड अन्य बेलाभन्दा निर्वाचनको बेला बढी हुने सम्भावना रहन्छ। सामाजिक सञ्जालको सही प्रयोगबाट मात्र सही सूचना प्रवाह हुन सक्ने, सूचनको हक राजनैतिक दललाई पनि सार्वजनिक निकायको रुपमा लिएको गलत सूचना प्रवाहले समाजमा हिंसा समेत उत्पन्न हुन सक्ने। आचार संहितामा निर्वाचन आयोगको मात्र भूमिका हुने नभई सम्बन्धित सबैको उत्तिकै भूमिका र जिम्मेवार रहने हुँदा सबैले मतदाता समक्ष सही  सूचना सम्प्रेषण गर्न आवश्यक भएको विचार व्यक्त गर्दै उपस्थित सबैलाई नयाँ बर्षको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रमको अवधिमा भ्रामक सूचना र निर्वाचनमा पर्ने प्रभाव विषयमा विज्ञ टंक अर्यालले कार्यपत्र प्रस्तुतिको क्रममा परिवर्तित प्रविधिको विकाससँगै सूचनाको उपभोग बढ्दै गएकोमा निर्वाचनमा पर्ने प्रभाव र दायरा समेत बढ्ने हुन्छ बताउँदै सूचनाको जोखिम तथा दुरुपयोग र स्वतन्त्र आमसञ्चार नै प्रजातन्त्रको प्राणबायू भएकोबारे प्रकाश पार्नुभयो। गलत सूचना भिन्न प्रकारतर्फ आकर्षक हुने हुँदा त्यस्ता छिटो फैलिने तथ्य प्रस्तुत गर्दै आयोगले हुँदा करिब ३७% व्यक्तिमा यसले प्रभाव पारेको सर्वेक्षणबाट देखिएको  बताउनुभयो। निर्वाचनको क्रममा गलत सूचना प्रवाह हुँदा मतदातालाई भ्रमित पार्ने खतरा औल्याउँदै हालै लागु भएको निर्वाचन आचार संहितामा केही थप÷संशोधन हुनुपर्नेमा जोड दिनुभयो। निर्वाचन आयोगको वेवसाईट, फेसबुक पेज र टिवटर अकाउन्ट अद्यावधिक हुनुपर्ने जस्ता सुझाव विज्ञ अर्यालले राख्नुभएको थियो। त्यसैगरी सही सूचना प्रवाह र कानूनी व्यवस्था विषयक कार्यपत्र प्रस्तुतीको क्रममा संविधान तथा कानूनविद काशिराज दाहालले निर्वाचनमा राज्यको दायित्व, निर्वाचनमा हुने अनुत्पादक खर्चले गर्दा यसको प्रभाव राज्यका ३ वटै अंगमा पर्नसक्ने बताउनुभयो। सूचनाको हकबाट नागरिक नियन्त्रित सरकारको विकास हुने बताउँदै दाहालले गलत सूचना प्रवाह गर्दा हुने सजाय र क्षतिपूर्तिबारे विद्यमान कानूनमा रहेको व्यवस्थाबारे प्रकाश पार्नुभयो। विद्यमान अवस्थामा सरकार निर्वाचन आयोग संचारमाध्यम र सूचना आयोगले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा पनि संविधानविद, कानूनविद दाहालले प्रकाश पार्नुभएको थियो। मतदाता शिक्षा निरन्तर निर्वाचन आयोग र अन्य सम्बन्धित निकायको ध्यान जानुपर्ने, निर्वाचनमा हुने खर्चको श्रोतको सार्वजनिकीकरण हुनुपर्ने, कानून सरलीकृत हुनुपर्ने निर्वाचन संचालन गर्नका लागि (पर्यवेक्षक) को निष्पक्षता, आचार संहिता सही पालनाबाट मात्र निर्वाचन परिणाम स्वच्छ र निष्पक्ष हुने विषयमा प्रस्तुतीकरण दिनुभएको थियो।

राजनीतिमा सक्रिय महिला विरुद्ध हुने हिंसा (मिडिया निगरानी) पानोस साउथ एशियाका दिपक अधिकारीले प्रस्तुतिको क्रममा राजनीतिमा सक्रिय महिला विरुद्ध परम्परागत र सामाजिक सञ्जालमा हुने भ्रामक समाचार र यसबाट पर्न सक्ने प्रभाव बारेको अध्ययनको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो। लैङ्गिक दृष्टिकोणबाट महिला राजनैतिक कर्मीको सूचनामा बढी घृणित शब्दावलीको प्रयोग हुने गरेको, अपमानजनक भनाई, इज्जतका प्रश्न उठाउने, भौतिक आक्रमणको धम्की जस्ता विषयमा पुरुषको भन्दा महिलाका सम्बन्धमा सामाजिक सञ्जालमा बढी हुने गरेको पाइएको बताउनुभयो। सहभागीहरूको जिज्ञासाहरूको उत्तर कार्यपत्र प्रस्तुतीकर्ताले दिनुभएको थियो। कार्यक्रममा आयोग सचिव भागिरथ पाण्डेको स्वागत मन्तव्य राख्नेक्रममा निर्वाचन प्रक्रियामा नागरिकले स्वतन्त्र निर्णयबाट उमेद्दवार छनौट गर्न सूचनाको महत्वपूर्ण भूमिका रहने बताउनु भयो।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
निर्वाचन प्रक्रियामा सही सूचना प्रवाह हुनु पर्ने जोड
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link