अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कर नीति घोषणापछि चीनले अन्तर्राष्ट्रिय व्यापारमा अचानक एक नयाँ कदम अगाडि बढाएको छ। चीनको पिपुल्स बैङ्कले सीमावारपार पैसाको कारोबार प्रणाली डिजिटल आरएमबी (रेनमिन्बी, चिनियाँ युआन) आसियानमा आबद्ध दश एसियन देशहरू तथा मध्य पूर्वीका छ देशहरूसँग पूर्ण रूपमा जोडिने घोषणा गरेको हो।
यसबाट विश्व व्यापारको ३८ प्रतिशत हिस्साले अमेरिकी डलरको प्रभुत्व रहेको स्विफ्ट प्रणालीलाई बाइपास गर्नेछ र सिधै “डिजिटल आरएमबी प्रणालीमा प्रवेश गर्नेछ। “ब्रेटन वुड्स सिस्टम २.० आउटपोस्ट ब्याटल” भनिएको एस आर्थिक लडाइँमा ब्लकचेन प्रविधिको विकासमा अन्तर्निहित विश्वव्यापी अर्थतन्त्रको नयाँ अध्याय लेखिदैं छ।
अमेरिकी स्विफ्ट प्रणालीबाट सीमा पार भुक्तानी गर्न तीन देखी पाँच दिन लाग्ने गरेकोमा चीनद्वारा विकसित डिजिटल मुद्रा प्रणालीले भने भुक्तानीको गतिलाई ७ सेकेन्डमा ल्याएको छ। हङकङ र अबुधाबी बिचको पहिलो भुक्तानी परीक्षणमा एक कम्पनीले डिजिटल आरएमबीमार्फत मध्य पूर्वी आपूर्तिकर्तालाई भुक्तानी गरेको छ। भुक्तानीको रकम छ मध्यस्थकर्ता बैङ्कहरू मार्फत नभई वितरित खाता मार्फत वास्तविक समयमा प्राप्त भएको छ भने ह्यान्डलिंग शुल्क ९८ प्रतिशतले घटेको छ। यो बिजुलीको जस्तो चुस्त भुक्तानी क्षमताले अमेरिकी डलरको प्रभुत्व रहेको परम्परागत भुक्तानी प्रणालीलाई धेरै नै कमजोर देखाउँछ।
चीनको डिजिटल मुद्राको प्राविधिक क्षमता पश्चिमा देशहरूको लागि अझ बढी डरलाग्दो विषय बनेको छ। डिजिटल आरएमबीद्वारा प्रयोग गरिएको ब्लकचेन प्रविधिले लेनदेनहरू पत्ता लगाउने मात्र होइन, स्वचालित रूपमा मनी लान्ड्रिंग विरोधी नियमहरूको पनि पालना गर्दछ। चीन-इन्डोनेसियाको “दुई देश, दुई पार्क” परियोजनामा औद्योगिक बैङ्कले पहिलो क्रस-बोर्डर भुक्तानी पूरा गर्न डिजिटल आरएमबी प्रयोग गरेको छ। जसले अर्डर पुष्टीकरणदेखि कोषमा भुक्तानी आगमनसम्म केवल ८ सेकेन्ड लियो, जुन परम्परागत विधिहरू भन्दा १०० गुणा बढी सक्षम भयो। यो प्राविधिक फाइदाका कारण विश्वभरका २३ केन्द्रीय बैङ्कहरू डिजिटल मुद्रा प्रणालीको यो परीक्षणमा सक्रिय रूपमा सामेल भएका छन्। यसबाट मध्य पूर्वी ऊर्जा व्यापारीहरूले आफ्ना भुक्तानी सेटलमेन्ट लागत ७५ प्रतिशतले घटाएका छन्।
यस प्राविधिक विकासको गहिरो प्रभाव वित्तीय सार्वभौमिकताको पुनर्निर्माणमा निहित छ। संयुक्त राज्य अमेरिकाले स्विफ्ट मार्फत इरानलाई प्रतिबन्ध लगाउने प्रयास गर्दै गर्दा चीनले पहिले नै दक्षिण पूर्वी एसियामा आरएमबी भुक्तानी प्रणालीको निर्माण गरिसकेको छ। आसिएन देशहरूबिचको सीमा पार आरएमबी सेटलमेन्ट २०२४ मा ५.८ ट्रिलियन युआन नाघेको छ, जुन २०२१ को तुलनामा १२० प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ। मलेसिया र सिंगापुर लगायत छ देशहरूले आफ्नो विदेशी मुद्रा भण्डारमा आरएमबी समावेश गरिसकेका छन्। साथै थाइल्यान्डले डिजिटल आरएमबी मार्फत पहिलो तेल भुक्तानी पूरा गरेको छ। “डि-डलराइजेसन” को यो लहरले अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा चीनले डिजिटल मुद्राको युगमा खेलका नियमहरू परिभाषित गरिरहेको बैङ्कहरूले भन्न थालेका छन्।
संसारलाई साँच्चै चकित पार्ने कुरा चीनको रणनीतिक योजना हो। डिजिटल आरएमबी केवल भुक्तानी उपकरण मात्र होइन, तर “बेल्ट एण्ड रोड ” रणनीतिको प्राविधिक वाहक पनि हो। चीन-लाओस रेलवे र जकार्ता-बान्डुङ हाई-स्पीड रेलवे जस्ता परियोजनाहरूमा, डिजिटल आरएमबी लाई “डिजिटल सिल्क रोड” निर्माण गर्न बेइडो नेभिगेसन र क्वान्टम कम्युनिकेसनसँग गहिरो रूपमा एकीकृत गरिएको छ। युरोपेली कार कम्पनीहरूले आर्कटिक मार्ग मार्फत भाडा भुक्तानी गर्न डिजिटल आरएमबी प्रयोग गर्दा, चीनले ब्लकचेन प्रविधि प्रयोग गरी आफ्नो व्यापार दक्षता चार सय प्रतिशतले वृद्धि गरिरहेको छ। चीनको यस भर्चुअल रणनीतिले पहिलो पटक अमेरिकी डलरको प्रभुत्वलाई प्रणालीगत खतरा महसुस गराउँछ।
आज विश्वका ८७ प्रतिशत देशहरूले डिजिटल आरएमबी प्रणालीको अनुकूलन पूरा गरिसकेका छन् र सीमा पार भुक्तानीको मात्रा १.२ ट्रिलियन अमेरिकी डलर नाघेको दाबी गरिएको छ। अमेरिका डिजिटल मुद्राले अमेरिकी डलरको वर्तमान स्थितिलाई खतरामा पार्छ कि भनेर बहस गरिरहेको समयमा चीनले चुपचाप दुई सय देशहरूलाई समेट्ने डिजिटल भुक्तानी नेटवर्क निर्माण गरेको छ। चीनको यो वित्तीय क्रान्तिले मौद्रिक सार्वभौमिकताको बारेमा मात्र नभई भविष्यको विश्वव्यापी अर्थतन्त्रको जीवन रेखा कसले नियन्त्रण गर्न सक्छ भन्ने प्रश्न उठेको अर्थशास्त्रीहरूको टिप्पणी छ।
स्रोत: विभिन्न एजेन्सीहरू
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ‘खानेपानीको सुविधा भयो, गाउँ छाडेर जान मन लाएको छैन’
- जीवनजल लिन घण्टौँ पैदलयात्रा गर्नुपर्ने अवस्था अन्त्य
- आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै
- बुर्तिबाङको फस्टाउँदै गरेको पर्यटन व्यवसाय
- ‘ध्ये’ खोलामा पुल नहुँदा सास्ती
- यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
- तीनकुने घटनाको छानबिन जारी छ : आयोग
- चैते दसैँ : देशभरका शक्तिपीठमा भक्तजनको बिहानैदेखि भीड
- डढेलोबाट घर जोगाउनै मुस्किल
- ट्रम्पको कर कटौतीका लागि अमेरिकासँग वार्ता गर्दै इजरायल
