कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतबाट पक्राउ गरिएको छ।
मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी ५० वर्षीय मीना शाही दमाइलाई भारतको पलियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले दमाईलाई पलियाबाट पक्राउ गरिएको पुष्टि गरे। उनकाअनुसार दमाइलाई पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको हो।
मानव बेचबिखन मुद्दामा पक्राउ परेकी दमाईलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगेका बेला भागेकी थिइन्।
हतकडीसहित थुनुवा भागेको घटनामा दुई जना प्रहरीलाई कारवाही गरिएको छ।
दमाइलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको एसपी बिष्टले बताएका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- चार महिनापछि सञ्चालनमा आयो यारी नाका भन्सार कार्यालय
- गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
- अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय
- आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
- नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
- सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारको अल्टिमेटमप्रति ११ संस्थाको चिन्ता
- मुस्ताङमा खानेपानीका मुहान सुक्दै, कृषि र पशुपालनमा असर
- आज आमाको मुख हेर्ने पर्व मनाइँदै, मातातीर्थमा मेला लाग्दै
- बारपाकीले बिर्सन नसकेका भूकम्प
- नाटो सदस्य राष्ट्रहरूबीच रक्षा बजेटमा उल्लेखनीय वृद्धि
