प्लाष्टिकजन्य फोहोर व्यवस्थापनका लागि देशभरका ५६ पालिकामा अध्ययन गर्न थालेको छ । प्लास्टिकजन्य फोहोरको प्रकार, प्रकृति र व्यवस्थापनका लागि नमूनाका रूपमा देशभरका ५६ पालिकामा अध्ययन भइरहेको हो ।
यसको जिम्मा अभ्नी दिगोपना केन्द्रले पाएको छ । सो संस्थाका अनुसन्धानकर्ता इन्जिनियर गगन शर्माले हाल बागलुङ नगरपालिकासहित गण्डकी प्रदेशका पाँच र देशभरका ५६ स्थानीय तहमा एकैसाथ अध्ययनको काम भइरहेको बताउनुभयो । वन तथा वातावरण मन्त्रालयको सहकार्यमा छ महिनाभित्र काम सक्ने गरी अध्ययन सुरु भएको उनले जानकारी दिए।
यसअघि २०१३ मा एसियाली विकास बैंक र २०२० मा विश्व बैंक प्लास्टिकजन्य फोहोरको विषयमा नेपालमा पहिलो पटक अध्ययन गरिएको शर्माले बताए । “देशभरका ५६ पालिकामा चार समूह बनाएर अध्ययन भइरहेको छ, जसमा इन्जिनियरदेखि फोहोर व्यवस्थापन क्षेत्रका अनुसन्धानकर्ता खटिएका छन् । असारभित्र प्रतिवेदन तयार गरी सक्छौँ”, शर्माले भने, “अध्ययनका घरमा घरदेखि फोहोर संकलन केन्द्रसम्म पुगेर नमूनाका रूपमा तथ्यांक लिन्छौँ, एउटा पालिकामा तीन पटकसम्म अध्ययनपश्चात् प्रतिवेदन तयार पारिन्छ । यसमा एउटा नागरिकले सरदरमा कति प्लास्टिकजन्य फोहोर उत्पादन र त्यसको व्यवस्थापन कसरी भइरहेको छ भनेर हेरिरहेका छौँ ।”
यसमा गण्डकी प्रदेशको पोखरा महानगरपालिका, वालिङ नगरपालिका, बागलुङ नगरपालिका, मंगला गाउँपालिका र घरपझोङ गाउँपालिकामा अध्ययन भइरहेको अध्ययन भइरहेको छ । प्रारम्भिक अध्ययनका क्रममा बागलुङ नगरपालिकामा कुल फोहरमा २५ देखि ३० प्रतिशत प्लास्टिकजन्य फोहोर उत्पादन हुने गरेको देखिएको इञ्जिनियर शर्माले बताए । “बागलुङ बजारमा उत्पादन भएको प्लास्टिकजन्य फोहोरमध्ये ९० प्रतिशत एक पटक मात्रै प्रयोगमा आउने र १० प्रतिशत पुनः प्रयोगमा ल्याउने गरेको अध्ययनका क्रममा पाइएको छ । एक पटक मात्रै प्रयोगमा आएको प्लास्टिक प्रयोगले प्लास्टिकजन्य फोहोरको उत्पादनमा वृद्धि भएको पाइएको छ”, उनले भने, “विश्वमा फोहोरको १४ प्रतिशत प्लास्टिकजन्य फोहोर उत्पादन हुने गरेकामा बागलुङ नगरपालिकामा भने २५ देखि ३० प्रतिशत प्लास्टिकजन्य फोहोर उत्पादन भएको अध्ययनले देखाएको छ ।”
बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्का यस अध्ययनले नगर क्षेत्रको फोहर व्यवस्थापनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्छन् । प्लास्टिकजन्य फोहोरले हिमाल, नदी, पहाड समुन्द्र हुँदै मानव स्वास्थ्य र सम्पूर्ण वातावरणमा असर गर्ने भएकाले अध्ययनपछि सरकारले ल्याउने नीतिले नगरपालिकालाई समेत सहज बनाउने उनको भनाइ छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- डढेलोबारे अझै छैनन् सचेत
- आज अन्तर्राष्ट्रिय श्रमिक दिवस-विभिन्न कार्यक्रम गरी मनाइँदै
- आज देशभर अक्षय तृतीया पर्व मनाइँदै
- जनकपुरमा जानकी जन्मोत्सव, विभिन्न कार्यक्रमका साथ मनाइँदैछ
- वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
- कुटानी-पिसानी मिलबाट एक लाख बढी आम्दानी
- चार महिनापछि सञ्चालनमा आयो यारी नाका भन्सार कार्यालय
- हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, २ जना प्रहरी निलम्बन
- गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
- अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय
