हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ ।
दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्यांग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ।
आज राती देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको हिमाली भू-भागका एक-दुई स्थानमा स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सिंगापुरमा पिपल्स एक्सन पार्टीको लगातार चौधौं जित
- नागढुंगा नौबिसे सडक विस्तार: रातमा पाँच घण्टा बन्द गरिने
- एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लागेपछि किसान उत्साहित
- मोबाइल र टर्च चार्ज गरेको १० रुपैयाँ !
- जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन
- नीति तथा कार्यक्रम : बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
- अमेरिकी डलरको मूल्य बढ्दो, कति छ अन्य विदेशी मुद्राको मूल्य?
- वन श्रमिकका समस्या : न बीमा न सुरक्षा
- ढोरपाटनमा सकियो दोस्रो सिकारयाम
- डढेलोबारे अझै छैनन् सचेत
