नेपाल प्रिमियर लिग: हिजो सुदूरपश्चिम रोयल्सको विजयी सुरुआत, आज लुम्बिनी र चितवन भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा हिजोको खेलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई २९ रनले हराउँदै विजयी सुरुआत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो। जवाफमा काठमान्डु १६.५ ओभरमा ११८ रनमै अलआउट भयो।

सुदूरपश्चिमको जितमा हर्मित सिंहको अलराउण्ड प्रदर्शन निर्णायक बन्यो। उनले २० बलमा २ चौका र ६ छक्कासहित ५३ रन जोडे भने बलिङमा पनि २ विकेट लिए। यस्तै स्कट कुगेलेइन र हेमन्त धामीले पनि २–२ विकेट हात पारे। काठमान्डुका लागि आकाश त्रिपाठीले सर्वाधिक ३४ र जोन सिम्पसनले २४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। बलिङमा करण केसीले ४ विकेट लिएका थिए।

आजको खेल : लुम्बिनी लायन्स विरुद्ध चितवन राइनोज
आज (मंसिर ४ गते, बिहीबार) कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दिउँसो ४ बजे लुम्बिनी लायन्स र चितवन राइनोजबीच एनपीएलको पाँचौं खेल हुँदैछ। यो खेल लुम्बिनी लायन्सका लागि लिगको पहिलो खेल हो भने चितवन राइनोजले यसअघि कर्णाली याक्सलाई ४ विकेटले हराएर लगातार दोस्रो जितको खोजीमा हुनेछ। दुवै टोलीबाट रोचक प्रतिस्पर्धाको अपेक्षा गरिएको छ।

#एनपीएल #क्रिकेट  #नेपाल प्रिमियर लिग

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link