युइएफए च्याम्पियन्स लिगको खेलमा स्पेनिस जायन्ट रियल म्याड्रिडले अन्तिम समयमा चमत्कारिक पुनरागमन गर्दै एएस रोमालाई उसैको मैदानमा ४-३ गोल अन्तरले पराजित गरेको छ। रोमाको घरेलु मैदान स्टेडियो ओलिम्पिकोमा सम्पन्न यस प्रतिस्पर्धात्मक खेलमा खेल सकिन ७ मिनेट बाँकी छँदा ३-१ ले पछाडि परेको रियल म्याड्रिडले उत्कृष्ट पुनरागमन गर्दै रोमाञ्चक जित दर्ता गरेको हो।
पूर्व प्रबन्धक जोसे मोरिन्होको रोमा फिर्तीलाई घरेलु दर्शकहरूले स्वागतका साथ हेरेका थिए। उनकै प्रशिक्षणमा रोमाले सन् २०२१-२२ मा कन्फरेन्स लिग र त्यसपछिको सिजन युरोपा लिगको फाइनलसम्मको यात्रा तय गरेको थियो। तर, मोरिन्होको हालको टोली रियल म्याड्रिड ८३ औँ मिनेटसम्म २ गोलले पछाडि परेपछि पराजयको सङ्घारमा पुगेको थियो।
खेलको २० औँ मिनेटमा मार्टेन डे रुनले मटियास सुलेको पासमा २० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै रोमालाई १-० को अग्रता दिलाएका थिए। तर, रोमाको यो अग्रता धेरै समय टिक्न सकेन। २५ औँ मिनेटमा च्याम्पियन्स लिगमा आफ्नो १०० औँ उपस्थिति जनाइरहेका किलिएन एम्बाप्पेको प्रहार जियानलुका मान्चिनीसँग ठोकिँदै गोलरक्षक पिएरलुइगी गोलिनीलाई छक्क्याएर जाली चुम्न पुगेपछि खेल १-१ को बराबरीमा आयो।
दोस्रो हाफमा रोमाले फेरि आक्रामक खेल प्रस्तुत गर्यो। डच स्ट्राइकर डनयेल मालेनले ६ मिनेटको अन्तरालमा दुई गोल गर्दै रोमालाई ३-१ को बलियो स्थितिमा पुर्याए। ५० औँ मिनेटमा भिनिसियस जुनियरको गल्तीको फाइदा उठाउँदै मालेनले गरेको प्रहार फेडेरिको भालभर्देसँग ठोकिँदै गोलमा परिणत भएको थियो। त्यसपछि ५७ औँ मिनेटमा मालेनले दोस्रो गोल गरे। सुरुमा भिडियो असिस्टेन्ट रेफ्रीले परीक्षण गरेपछि भालभर्देले उनलाई अनसाइड राखेको पुष्टि भएसँगै गोलले मान्यता पाएको थियो।
रोमाका प्रबन्धक जियान पियरो ग्यास्पेरिनीले जित जोगाउन रक्षात्मक खेलाडीहरू मैदान छिराएका थिए। तर, मोरिन्होले वैकल्पिक खेलाडीका रूपमा मैदान पठाएका कार्लोस एस्पी, एन्ड्रिक र अर्दा गुलरको प्रवेशले खेलको पाटो पूर्ण रूपमा बदलियो।
वैकल्पिक खेलाडीहरूको उत्कृष्ट प्रदर्शनसँगै म्याड्रिडले अन्तिम समयमा चमत्कारिक खेल प्रस्तुत गर्यो। खेलको ८२ औँ मिनेटमा एन्ड्रिकको हेडर गोलरक्षकले रोकेपछि फर्किएको बललाई वैकल्पिक खेलाडी कार्लोस एस्पीले गोलमा परिणत गर्दै टोलीलाई ३-२ को स्थितिमा ल्याए। त्यसको लगत्तै ८४ औँ मिनेटमा अर्दा गुलरको कर्नर पासमा ब्राजिलियन युवा स्टार एन्ड्रिकले उत्कृष्ट हेडरमार्फत गोल गर्दै खेल ३-३ को रोमाञ्चक मोडमा पुर्याए। अन्ततः ८९ औँ मिनेटमा गुलरकै अर्को सेट-पिस कर्नरमा रोमाका पूर्व डिफेन्डर अन्तोनियो रुडिगरले नजिकैबाट उत्कृष्ट भली प्रहार गर्दै रियल म्याड्रिडका लागि ९० औँ मिनेटमा निर्णायक विजयी गोल दर्ता गरे।
यो रोमाञ्चक जितसँगै जोसे मोरिन्होको रियल म्याड्रिडले च्याम्पियन्स लिगको यस सिजनका आफ्ना दुवै खेल जित्दै पूर्ण ६ अङ्क जोडेको छ। अर्कोतर्फ, रोमाले एक बराबरी र एक हारसहित १ अङ्क मात्र बटुल्न सकेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- अपी हिमाल
- आफ्नै लगानीमा च्याउ उद्योग: बर्दिबासदेखि इटहरीसम्म बजार जोड्दै महोत्तरीका युवा
- भारतमा प्रधानमन्त्री बालेन्द्र शाहको व्यस्त दोस्रो दिन: राष्ट्रपति भवनमा राजकीय स्वागतदेखि मोदीसँग द्विपक्षीय वार्तासम्म
- पोचेटिनोको खराब सुरुवात, युनाइटेड ४-० ले पराजित
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- सोमबारको मौसम: उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली
- प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै: आर्थिक सहकार्य, हवाई मार्ग र पूर्वाधार विकास मुख्य एजेन्डा
- सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल सिजन–३ को च्याम्पियन: लुम्बिनी १० विकेटले पराजित
- मङ्सिर १६ देखि सुरु हुने दसौँ राष्ट्रिय खेलकुदको तोकियो खेलस्थल
- देशभर अधिकांश भूभागमा मौसम सफा, केही ठाउँमा वर्षा र हिमपात हुन सक्ने

