नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन्। बिहीबार दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले हराउँदै सुदूरपश्चिमले लुम्बिनीसँगको उपाधि भिडन्त पक्का गरेको हो।
लिग चरणमा लुम्बिनी ११ अंकसहित शीर्ष स्थानमा रहँदा सुदूरपश्चिम १० अंकसहित दोस्रो भएको थियो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराएर लुम्बिनी सीधै फाइनल पुगेको थियो। सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवनलाई हराएर फाइनलमा स्थान बनायो।
यस संस्करणमा यी दुई टोलीबीच यसअघि भएका दुवै खेल लुम्बिनीले जितेको छ। फाइनल यो सिजन उनीहरूको तेस्रो भेट हुनेछ। गत संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराएर उपाधि जितेको थियो।
सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुगेको हो। पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा पनि उपविजेता बनेको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै: आर्थिक सहकार्य, हवाई मार्ग र पूर्वाधार विकास मुख्य एजेन्डा
- सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल सिजन–३ को च्याम्पियन: लुम्बिनी १० विकेटले पराजित
- मङ्सिर १६ देखि सुरु हुने दसौँ राष्ट्रिय खेलकुदको तोकियो खेलस्थल
- देशभर अधिकांश भूभागमा मौसम सफा, केही ठाउँमा वर्षा र हिमपात हुन सक्ने
- आइतबारका लागि डलर, युरो, पाउन्ड र कुवेती दिनारको विनिमयदर सार्वजनिक
- उत्पादन बढे पनि घट्यो चिराइतोको भाउ, किसान निराश
- फिफा अध्यक्षको निर्वाचन २०२७ : इन्फान्टिनोलाई फ्रान्सका डियालो र जापानका ताशिमाको चुनौती
- यूएनएफपीए प्रतिवेदन: युवालाई आत्मनिर्भर बन्न र परिवार बसाउन बढ्दो चुनौती
- एनपीएल २०२६ : फाइनलमा आज कीर्तिपुरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै
- कन्याममा सुरु हुँदै प्रथम सूर्योदय चिया महोत्सव
