देशभर आज मौसम मुख्यतया सफा, केही क्षेत्रमा आंशिक बादल

हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको हिमाली क्षेत्रका साथै कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ । राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

बुधबार देशको हिमाली क्षेत्रमा साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
मौसम पूर्वानुमान
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link