देशका अधिकांश भूभागमा मौसम सफा रहने भए पनि हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन। हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा छ भने तराईका केही स्थानमा हुस्सु र तुवाँलो लागेको छ।
आज दिउँसो हिमाली क्षेत्र तथा कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहँदा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
सोमबार भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- एक वर्षमै जापानबाट फर्किएर व्यावसायिक किवी तथा पशुपालनमा रमाउँदै
- अर्बौँ राजस्व उठाउने कोरलानाकाको बेहाल: न सुक्खा बन्दरगाह, न चार्जिङ स्टेसन
- दसौँ राष्ट्रिय खेलकुद: पदक तालिकामा बागमती शीर्ष स्थानमा, कर्णाली अझै पदकविहीन
- आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
- व्यावसायिक सुन्तलाखेतीमा स्थानीय सरकारको साथ, सुर्केमेलाको कृषिमा फड्को
- भौतिक कार्ड बोक्ने झन्झट हटेसँगै स्वास्थ्य बीमामा आकर्षण: झापामा ८ लाख ५७ हजार आबद्ध
- आज आलोकनगर, भोलि शंखमूल: काठमाडौँका यी क्षेत्रमा चार दिन बिजुली कटौती हुने
- लयमा फर्कँदै सेक्यूरिटी प्रिन्टिङ प्रेस: मासिक ६२ हजार स्मार्ट लाइसेन्स छपाइ
- रासायनिक मलको बिक्रीमा कैफियत भेटिएपछि कृषि भण्डारलाई २ लाख जरिवाना
- लामो प्रतीक्षापछि सुकुम्बासी परिवारको हातमा जग्गाधनी प्रमाणपुर्जा