आगामी चैतको पहिलो साता नेपालगंजमा नेपाल फोटोग्राफी समिट गरिने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस समिटमा देशभरवाट १ सय ११ जना फोटो पत्रकार र फोटोग्राफरहरु सहभागी हुनेछन् ।
‘नेपालको फोटोग्राफीको विकासमा यो समिट कोशेढुंगा सावित हुनेछ’ समिटका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने – ‘समिटमा फोटोग्राफीमा सक्रिय नयाँ पुस्ता देखि अग्रज व्यक्तित्वहरुको अभूतपूर्व जमघट हुनेछ ।’
तेस्रो नेपालगंज फोटो फेस्टिवलको सन्दर्भ पारेर आयोजना गर्न लागिएको फोटोग्राफी समिट संभवत नेपालमै पहिलो पटक हो ।
विभिन्न विधामा स्वतन्त्र ढंगले फोटोग्राफी गरिरहेका फोटोग्राफरहरु र संचारमाध्यममा कार्यरत फोटो पत्रकारहरु एकै थलोमा भेला भएर अन्तरक्रिया गर्नेछन् ।
‘रिल वाला’ क्यामेरादेखि अहिलेको अत्याधुनिक डिजिटल प्रविधीका क्यामेरा, गोप्रो देखि ड्रोन चलाइरहेको पुस्ताको एकै ठाउँको जमघटले देशव्यापी सन्देश दिने विश्वास गरिएको छ ।
समिटका अवसरमा अन्तरक्रिया, समूह छलफलहरु, फोटोग्राफीका चुनौतीहरुवारे कार्यपत्र प्रस्तुति, अनुभव सेयरिङ्ग, धार्मिक र पर्यटकीय स्थल भ्रमण र फोटोग्राफी लगायतका कार्यक्रमहरु आयोजना हुनेछन् । जसलेगर्दा यस क्षेत्रको पर्यटन प्रवद्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
समिटमा ११ जना अग्रज फोटोपत्रकार र फोटोग्राफरहरु विशेष अतिथीको रुपमा सहभागी हुनेछन् भने देशका विभिन्न स्थानवाट ५० जना सहभागी हुन पाउनेछन् जसकालागि नाम दर्ता गर्नुपर्नेछ । यसैगरी ५० जना स्थानीय (प्रशिक्षार्थी समेत) सहभागी हुनेछन् ।
‘नेपाल फोटोग्राफी समिट नेपालको जुनसुकै कुनामा रहेर फोटोग्राफी गरेका व्यक्तित्वहरुको साझा फोरम वन्नेछ’ अन्तरालका जयनारायण शाहले भने – ‘समिटले अनुभवको आदानप्रदान मात्रै गर्ने छैन, आपसी भाइचारा समेत अभिवृद्धि गर्नेछ ।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बिजुली निकासी गर्न खै त प्रसारण लाइन?
- कर्जा असुली दबाबमा रहेको हुँदा निष्क्रिय कर्जा अनुपात केही बढेको हो: गभर्नर
- मनोरञ्जन क्षेत्रका महिला जोखिमपूर्ण अवस्थामा
- ऊर्जा सुरक्षाका लागि ऊर्जा मिश्रण
- अभिनय सिकेर बोक्सीको घरमा काम गरेकी हुँ: केकी
- व्यवस्थालाई नै भारी बोकाएर खराब बनाउने काम नगरौँः मन्त्री शर्मा
- भयावह बन्दै डढेलो
- भरतीय सर्वोच्च अदालतद्वारा जलवायु परिवर्तनको प्रतिकूल प्रभावबाट मुक्त हुन पाउने अधिकारलाई मान्यता
- चारदिनसम्म पुरिएका ऋषि जो खुट्टा गुमाएको दिन सम्झनै चाहदैँनन्
- आलमसहित चारलाई जन्मकैद