लामो समयदेखि समस्यामा रहेका एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगाना नभएको बच्चाको हकमा सरकारले एउटा सकारात्मक निर्णय गरेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले एक सूचना निकालेर त्यस्ता बालबालिकाको जन्मदर्ता मावलीको थरबाट हुन सक्ने जनाएको छ।
जन्मदर्ता बेगर स्कुल समेत भर्ना हुन नपाउने तथा अन्य सरकारी पहिचानका कागजातका लागि समेत योग्यता नपुग्ने भएकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले गरेको निर्णयले धेरै बालकालिकालाई राहत पुग्ने देखिएको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका अनुसार त्यस्ता बालबालिकाको जन्मदर्ताका विषयमा थप प्रष्ट पारिदिन स्थानीय तहबाट अनुरोध भइ आएकाले दोहोरो दर्ता नहुने गरी उक्त व्यवस्था गरिएको हो।
विभागको सूचनामा भनिएको छ, “विवाह अघि जन्म भएको तर पितृत्व ठेगान नभएको बच्चा भएको एकल महिलाको विवाह गरी बच्चासहित पतिको ठेगानासँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्मदर्ता गर्न सकिनेछ ।”
विभागले विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चाको मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्मदर्ता गर्न सकिने जनाएको छ ।
माथिका दुई व्यवस्था अनुसार बच्चाको जन्मदर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा सो जन्मदर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्मदर्ता गर्नुपर्ने विभागले जनाएको छ ।
माथिको अवस्थाबाहेक अन्य अवस्थामा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण नियमावली (संसोधनसहित) २०७७ र विभागको यसअघिको परिपत्रअनुसार गर्नुपर्ने भनिएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बारपाकीले बिर्सन नसकेका भूकम्प
- नाटो सदस्य राष्ट्रहरूबीच रक्षा बजेटमा उल्लेखनीय वृद्धि
- ०७२ भूकम्पको एक दशक -भत्किएका संरचना अझै बनेन्
- तराई भेगमा तातो लहर चल्ने पूर्वानुमान
- आज १९औँ लोकतन्त्र दिवस
- सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
- कश्मिरको पहलगाममा आतंकवादी हमलामा नेपालीसहित २६ जनाको मृत्यु
- जलेको अवस्थामा हरिकिसनको शव फेला, भेटियो जलाइएको मोटरसाइकल
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
