अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको बताएका छन्। संसदमार्फत आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री महतले मन्दीका कारणा चालू आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सीमित हुने अनुमान रहेकाे बताए।
मागमा आएको कमी, स्रोत व्यवस्थापनमा दबाब, तथा पेट्रोलियम पदार्थको मूल्यमा भएको उच्च वृद्धिले समग्र मूल्यमा दबाब परेको भन्दै यस्तो अवस्था क्रमशः कम हुँदै गएको समेत बताएका छन्।
गत आर्थिक वर्षमा बाह्य क्षेत्रमा देखिएको दबाब व्यवस्थापनका लागि अवलम्बन गरिएको आयात नियमन, नियन्त्रण नीतिको पुनरावलोकन, विप्रेषण आप्रवाहमा भएको उल्लेख वृद्धिले बाह्य क्षेत्र सन्तुलनमा सुधार भएको जानकारी गराए ।
यस्तै, अर्थमन्त्री महतले शोधान्तर स्थितिमा सुधार हुनाका साथै विदेशी मुद्रा सञ्चिति ९.४ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको बताए ।
कोभिड महामारी कम हुँदै गएसँगै पर्यटन आवागमनमा वृद्धि भएको छ,’ उनले भने, ‘वित्तीय पहुँचमा विस्तार भएको छ । संघीय सरकारले निर्माण गरेको सडकको लम्बाई ३४ हजार १०० किलोमिटर पुगेको छ । कुल जडित विद्युत् क्षमता २६६६ मेगावाट पुगेको छ ।’
यसैगरी आधारभूत खानेपानी र विद्युत्मा ९५ प्रतिशत पहुँच पुगेको पनि संसद्मार्फत जानकारी गराए ।
सरकारले ल्याएको शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधारजस्ता राष्ट्रिय कार्यक्रमको सिंहावलोनक पनि गरिएको जानकारी गराउँदै अर्थमन्त्री महतले भने, ‘विगतमा सार्वजनिक संस्थानले मुलुकको आर्थिक, सामार्जिक तथा पूर्वाधारमा विकासमा महत्वपूर्ण योगदान गरेको भए तपानि समयक्रममा खासगरी सञ्चालन र व्यवस्थापनमा देखापरेका कमीकमजोरीका कराण समग्र वित्तीय स्थिति त्यति सन्तोषजनक देखिएको छैन ।’
आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री महतले नेपाल सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ नाफामा रहेको बताए । सार्वजनिक संस्थानमा नेपाल सरकारको सेयर तथा ऋण लगानी ०७९ असारसम्म ६ खर्ब १८ अर्ब पुगेको र आर्थिक ०७८÷०७९ मा सार्वजनिक संस्थानबाट नेपाल सरकारले ६ अर्ब १६ करोड अर्थात् लगानीको १ प्रतिशत प्राप्त गरेको पनि उनले बताए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
- आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन
- मस्क र पूर्व ईयू प्रविधि प्रमुख ब्रेटनबीच जर्मनीको विषयमा विवाद
- लस एन्जलस आगलागीः भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
- सूर्योदय
- जलक्रिडा गर्दै मरुल
- भुवनेश्वरी मन्दिर
- चन्द्रमा
- चोभार सुक्खा बन्दरगाह
- मुसे चिल