अमेरिकाको भर्जिनियास्थित रिचमन्ड इलाकामा रहेको युनिभर्सिटीमा गोली चलेको छ। रिचमन्ड इलाकाको मनरो पार्कनजिक युनिभर्सिटी परिसरमा हाइस्कुल ग्रयाजुएसन सेरेमोनीका बेला गोली चलेको हो। गोली लागेर दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। गोली प्रहार गर्ने दुई जनालाई प्रहरीले हिरासतमा लिएको छ, जसमध्ये एक जनाको उमेर १९ वर्ष रहेको बताइएको छ।
गोली चल्नु केही समयअघि अल्ट्रिया थिएटरमा ग्रयाजुएसन सेरेमोनी सुरु भएको थियो। गोली लागेर मृत्यु हुनेहरु सेरेमोनीमा भाग लिन आएका थिए। मृत्यु हुनेमध्ये एकको उमेर १८ र अर्काको उमेर ३५ वर्ष रहेको बुझिएको छ।
रिचमन्ड पब्लिक स्कुलका अधिकारीका अनुसार सोही साँझ दुई अन्य स्कुलको ग्रयाजुएसन समारोह पनि थियो। तर गोली चलेपछि ती कार्यक्रम रद्द गरिएको छ।
भर्जिनिया कमनवेल्थ युनिभर्सिटीले साँझ स्थानीय समयअनुसार सवा ५ बजे मनरो पार्कको घटनाबारे बताउँदै सबैलाई सतर्क गराएको थियो। अहिले उक्त इलाका प्रहरीको निगरानीमा छ।
गन भायलेन्स आर्काइभका अनुसार यो वर्ष अमेरिकामा २०० भन्दा बढी मास सुटिङका घटना भएका छन्। सन् २००६ देखि अहिलेसम्म ५५६ सामूहिक हत्याका घटना दर्ता गरिएका छन्। यी घटनामा २८९२ जनाले मृत्युवरण गरेका छन्। पछिल्लो दुई दशकमा औसतमा साढे तीन हप्तामा एउटा यस्तो घटना घटेको पाइएको छ।
३३ करोड जनसंख्यामा ४० करोड गन
नागरिकलाई बन्दुक राख्न दिने विषयमा अमेरिका सर्वाधिक अघि छ। स्विट्जरल्यान्डको स्मल आम्र्स सर्भेको रिपोर्टअनुसार विश्वका कुल ८५.७ करोड सिभिलियन गनमध्ये अमेरिकामा मात्रै ३९.९ करोड गन छन्। विश्वको कुल जनसंख्यामा अमेरिकाको हिस्सा पाँच प्रतिशत छ। तर कुल सिभिलियन गनमध्ये ४६ प्रतिशत अमेरिकाकै छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- कोभिड खोपको प्रविधिका जनक क्याटालिन क्यारिको र ड्र्यू वेइसम्यानलाई चिकित्साको नोबेल पुरस्कार
- ठूला शक्तिले गरे जासुसी नेटवर्क विस्तार, अमेरिका–चीनको नजर फौजी क्षमतामाथि
- पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
- २०७९ को मदन पुरस्कार ‘ऐंठन’ उपन्यासलाई
- आन्दोलनको जग र दबाबमा बनेका आयोगको प्रभावकारिता कम भयो : सभामुख घर्ती
- चिकित्सकसँग सहमति, आन्दोलन फिर्ता, कुटपिट गर्नेलाई कम्तीमा तीन वर्ष थुन्ने व्यवस्था गरिने
- किन पक्राउ परे हिरो अनमोल केसी?
- विश्व मुटुराेग दिवस : कसरी बच्न सकिन्छ हृदयघातबाट?
- २०२० मा क्यान्सरबाट मात्रै ५३ लाखले गुमाए ज्यान, ७० प्रतिशतलाई बचाउन सकिन्थ्यो
- प्राथमिकतामा अनलाइन स्पेस