सर्वोच्च अदालतले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सञ्चालित इँटाभट्टाहरू बन्द गर्न परमादेश दिएको छ।
इँटाभट्टा बन्द गर्न माग गरिएको रिट निवेदनमा पाँच वर्षपछि १२ चैत २०८१ मा सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शारङगा सुवेदीको इजलासले मागबमोजिम हुने फैसला गरेको हो।
पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभाग लगायतलाई विपक्षी बनाइ स्थानीय र स्थानीय अभियन्ता श्रीकृष्ण धिमाल लगायतले १४ पुस २०७६ मा सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।
रिटमा इँटाभट्टा मापदण्ड पूरा नगरी सञ्चालन हुँदा प्रदूषण बढेको,इँटाभट्टाले प्रयोग गर्ने माटो उत्खननले प्राचीन स्मारक तथा पुरातात्विक वस्तुहरूको अस्तित्व समाप्त हुन जाने जोखिम रहेको तथा कृषिजन्य उत्पादन तथा स्थानीयको स्वास्थ्यमा गम्भीर असर परेको जिकिर थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुनार खेतीबाट दोहोरो कमाइ, विदेशबाट फर्केका युवाको नयाँ बाटो
- त्रिविको आग्रह : समस्या वार्ता र संवादबाट समाधान गरौँ, हडताल-तोडफोड नगर्नू
- सहिद दिवसमा व्यास नगर अल्ट्रा म्याराथन
- शक्तिराष्ट्रहरूले विश्व सहयोगलाई कमजोर पार्दै : गुटेर्रेस
- आजबाट राष्ट्रिय सभाको अधिवेशन
- लोपोन्मुख पुर्ख्यौली संस्कृति जोगाउन, मालिका गाउँपालिकामा ऐतिहासिक प्रतियोगिता
- बागमती प्रदेश सरकारको बजेट कार्यान्वयन कमजोर
- आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु
- फागुन २१ निर्वाचन : तनहुँमा निर्वाचन प्रहरी भर्नामा कम चासो, समय थप
- मस्कको आफ्नै बच्चाकी आमाद्वारा एक्सएआई ग्रोक विरुद्ध मुद्दा दायर