विश्व प्रसिद्व अमेरिकाको न्यूयोर्क सहर शुक्रबार विश्वको सबैभन्दा खराब बायु गुणस्तर भएको सहरको सूचीमा परेको छ। IQAir द्वारा संकलित सूची अनुसार हिजो शुक्रबारसम्म साँझ , न्यूयोर्क, टोरन्टो, मोन्ट्रियल र वाशिङ्टन डीसी विश्वव्यापी प्रदूषणको सूचीमा शीर्ष स्थानमा थियो। क्यानडाको जङ्गलमा लागेको डढेलोबाट निस्कने कणको भारी मात्राले प्रमुख अमेरिकी सहरहरूमा बाक्लो धुवाँ फैलिएको छ।
क्यानाडाका प्रान्तहरूमा ५०० भन्दा बढी आगो बलिरहेको छ जसको कारण धुवाँले गर्दा पूर्वी क्यानडा र अमेरिकाको मध्यपश्चिम र उत्तरपूर्वलाई असर गरेको छ। धुवाँको कारण, जनस्वास्थ्य अधिकारीहरूले मास्क वितरण गरेका छन् र मानिसहरूलाई घर भित्रै बस्न सल्लाह दिएका छन्। १२० मिलियन भन्दा बढी अमेरिकीहरू, जनसङ्ख्याको लगभग एक तिहाइ शुक्रबारसम्म वायु प्रदूषणले प्रभावित भएको बताइन्छ। IQAir को सूचकाङ्कमा १६१ अङ्क प्राप्त गर्दै “अस्वस्थ वायु ” लाई सङ्केत गर्दै न्यूयोर्कलाई विश्वको सबैभन्दा विषालु हावा भएको सहरको रूपमा स्थान दिइएको छ। टोरन्टो, मोन्ट्रियल, वाशिङ्टन डीसी र सिकागो दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन्।
IQAir ले १०० र १५० बीचको हावाको गुणस्तरलाई “संवेदनशील समूहहरूका लागि अस्वस्थ” भनी वर्गीकरण गरेको छ । क्यानडाको ओन्टारियो र अमेरिकाको ओहायो नदी उपत्यकाका बासिन्दाहरू: न्यूयोर्क, पेन्सिल्भेनिया, ओहायो, इन्डियाना, केन्टकी, वेस्ट भर्जिनिया र टेनेसीका भागहरूमा हावामा जलिरहेको प्लास्टिकको गन्ध आएको उक्त क्षेत्रका बासिन्दाहरूले रिपोर्ट गरेका छन्। विज्ञहरूका अनुसार यस्तो अवस्था तब हुन्छ जब धुवाँ लामो समयसम्म रहन्छ, जसले गर्दा सूर्यको विकिरणले यसलाई भत्काउँछ र विषाक्त बेन्जिन र फर्मल्डिहाइड छोड्छ।
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले २०२३ को डढेलो सिजनलाई “अभूतपूर्व” र रेकर्डमा सबैभन्दा खराब भएको बताउनुभएको छ। आगोको लागि ट्रुडोले जलवायु परिवर्तनलाई दोषी ठहराए पनि खराब वन व्यवस्थापन र अधिकारीहरूले नियन्त्रणमा जलाउन नसक्नु यी विनाशकारी आगोको आधारभूत कारणहरू भएको आलोचकहरूले तर्क गर्छन्। #जेएनबीबाट
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- तराई भेगमा तातो लहर चल्ने पूर्वानुमान
- आज १९औँ लोकतन्त्र दिवस
- सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
- कश्मिरको पहलगाममा आतंकवादी हमलामा नेपालीसहित २६ जनाको मृत्यु
- जलेको अवस्थामा हरिकिसनको शव फेला, भेटियो जलाइएको मोटरसाइकल
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
