भारतमा ९६ प्रतिशत लिथियम बाहिरबाट आउँछ, अनि इभी कसरी चल्छ?

भारत सरकारले हालै ३० वटा क्रिटिकल मिनरल्सको सूची बनाएको छ। सूचीमा सूचीकृत मेटल पूरै देशको अर्थतन्त्र वृद्धि र राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण मानिएको छ। ३० क्रिटिकल मिनरल्समध्ये लिथियम पनि एक हो। यसलाई आधुनिक समयको ‘गोल्ड’ भनिन्छ। यसको प्रयोग विद्युतीय सवारीसाधन (इभी) मा लाग्ने ब्याट्री, मोबाइल फोन, ल्यापटप, हाइड्रोजन फ्युल स्टोरेज, एयर कन्डिसनिङ सिस्टम र फर्मास्युटिकल्समा हुन्छ।

भारतका थुप्रै उद्योग यही एउटा मेटलमा निर्भर छन्। तर अहिलेसम्म भारतले यसको कुनै उत्पादन गरेको छैन। हालसालै जम्मुकस्मिरमा ५९ लाख टन लिथियमको भण्डार फेला परेको छ। यसको उत्पादन हुन समय लाग्छ।

लिथियमको कमी पूर्ति गर्न भारतले चीन र हङकङबाट लिथियम आयात गर्दै आइरहेको छ। यसको प्रयोग ब्याट्रीलगायतमा हुन्छ।

सन् २०२१–२०२२ मा भारतमा हुने लिथियम आयातको ७३ प्रतिशत हिस्सा चीनको एकलौटी थियो। हङकङसहित जोड्दा ९६ प्रतिशत पुग्छ। लिथियमबाहेक कोबाल्ट, निकल, भेनेडियम, नियोबियम, जरमेनियम, रेनियम, टेन्टलम र स्ट्रोनियमजस्ता क्रिटिकल मिनरल्समा पनि भारत आयाकै भरमा बाँचेको छ। त्यस्तै कपर, ग्रेफाइट, फोस्फोरस, पोटास, टिन, टाइटेनियमजस्ता धातु पनि भारतले आयात गर्दै आइरहेको छ। अर्थतन्त्रमा यिनको महत्वपूर्ण योगदान छ। तर सँगसँगै सप्लाईको जोखिम पनि जोडिएको छ।

भारतीय इन्डस्ट्रीको चाहना

माथि उल्लिखित मेटल्सको माग बढ्न सक्ने बताइएको छ। तर आपूर्ति शृंखलामा असर पर्न सक्छ। जसले गर्दा हाइटेक इलेक्ट्रोनिक्स, टेलिकम्युनिकेसन्स, ट्रान्सपोर्ट र डिफेन्स इन्डस्ट्री प्रभावित हुन सक्छन्।

एक तथ्यांकअनुसार सन् २०२० देखि २०४० अर्थात दुई दशकबीचमा लिथियको माग ४२ गुणा र कोल्बाटको माग २५ गुणा बढ्ने देखिन्छ। यसलाई मध्यनजर गर्दै भारत सरकारले मेटल्सको माइनिङ र रिफाइनिङमा विशेष छुट दिनुपर्ने भारतीय व्यवसायीले तर्क गरेका छन्।

विश्वमा कोल्बाट, कपर, ग्रेफाइट, लिथियम, म्यागनिज, निकल र रेयर अर्थ एलिमेन्टको ५५ प्रतिशत भण्डार १५ देशमा छ। ती देशमा अस्ट्रेलिया, ब्राजिल, चिली, चीन, कंगो, ग्याबन, इन्डोनेसिया, मेडागास्कर, मोजाम्बिक, न्यु क्यालडोनिया, पेरु, फिलिपिन्स, रुस, दक्षिण अफ्रिका र अमेरिका छन्। भारतमा भने यीमध्ये कुनै पनि मिनरल्स छैनन्। तर अब भारतले नयाँ भण्डार खोज्ने या विदेशबाट सप्लाई सुनिश्चित गर्नुपर्ने हुन्छ।

सन् २०३० सम्म भारतको विद्युतीय सवारीसाधनको बजारमा एक करोड इकाइ नाघ्ने अनुमान छ। सन् २०२२ मा यो १० लाख इकाइ थियो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
भारतमा ९६ प्रतिशत लिथियम बाहिरबाट आउँछ, अनि इभी कसरी चल्छ?
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link