सुन तस्करीबारे सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन

भन्सार विभागले बिनाजाँच करिब एक सय केजी सुन बाहिरिएपछि छानबिन समिति गठन गरेको छ ।

भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिनुभयो ।

उक्त समितिलाई छानबिन गरी पाँच दिनभित्र आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । करिब एक सय केजी सुन भन्सार विभागको कार्यक्षेत्रबाट बाहिरिएपछि विभागका महानिर्देशक शोभाकान्त पौडेलले आज छानबिन समिति गठन गर्नुभएको हो । ‘विभागका कर्मचारीले आवश्यक चेक जाँच गरे पनि कहिलेकाँही प्राविधिक त्रुटीका कारण यस्तो अवस्था देखिनसक्ने भएकाले छानबिन समिति गठन गरिएको हो,’ सूचना अधिकारी खड्काले भन्नुभयो ।

राजस्व अनुसन्धान विभागले बुधबार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो । सो प्रकरणमा हालसम्म छ जना पक्राउ परिसकेका छन् । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले मङ्गलबार राति सुन बरामद गरिएको र उक्त सुन भन्सार विभागमार्फत सुरक्षित भण्डारणका लागि नेपाल राष्ट्र बैंक पठाइएको जानकारी दिनुभयो । उहाँले सुन बाहिर ल्याउन प्रयोग गरिएको ट्याक्सी र त्यसका चालकलगायतलाई प्रक्राउ गरी अनुसन्धान अघि बढाइएको बताउनुभयो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link