नबिल सामाजिक उद्यमशिलता (नबिल एसएसई) अन्तर्गत फेलोसिप कार्यक्रमको दोस्रो ब्याचको सञ्चालनसँगै तेस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालित कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने विश्वास बैंकले राखेको छ।
कार्यक्रममा कृषि, पर्यटन, उर्जा, वातावरण संरक्षण, सूचना प्रविधिलगायत जुनसुकै क्षेत्रमा नवीनतम सोच भएका १८ वर्षदेखि माथिका नेपाली नागरिकले आवेदन दिन सक्ने बैँकले जनाएको छ।
नबिल एसएसईको फेसबुक पेजमा रहेको लिंकमा गई गुगल फारमबाट आवेदन दिन सकिनेछ। अथवा नबिल बैंकको वेवसाइटमा गई नबिल एसएसईको पेजबाट पनि फारम भर्न सकिन्छ। आवेदनको अन्तिम दिन बैंकले भदौ ३ गते तोकेको छ।
सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्ने लक्ष्य बोकेको कार्यक्रम ६ महिनासम्म चल्नेछ। साथै हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ।
तालिम अवधिभर तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यावहारिक कठिनाइ समाधान गर्न बैँकले सहयोग गर्नेछ।
आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिन सुरु गरिएको फेलोसिप कार्यक्रमबाट यसअघि ३६ जनाले उद्यमशिलतातालिम प्राप्त गरिसकेका छन्।
विभिन्न पृष्ठभुमिबाट आएका सहभागीहरुले सामाजिक उद्यम संचालनका निम्ति आवश्यक कानूनी तथा कर सम्बन्धीका ज्ञान, व्यवसाय ब्रान्डिङ, बजारीकरणजस्ता विभिन्न विषयमा तालिम प्राप्त गरेका थिए। त्यस्तै, विभिन्न अन्तरक्रिया कार्यक्रम तथा प्रक्रियाद्वारा सहभागीलाई प्राविधिक तथा व्यावहारिक ज्ञान उपलब्ध गराइए पनि बैँकले जनाएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
- इजरायलको नयाँ आक्रमणमा : गाजामा मृतकको संख्या २५० माथि
- आज कुन देशको मुद्राको मूल्य कति ?
- सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै
- पोखरामा तरबुजा खेती: चार महिनामा १५ लाख रुपैयाँ आम्दानी
- मेलम्चीको पानी वितरण विस्तार
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
