विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने विदेशी मुद्रा सटहीको सीमा बढाइएको छ। राष्ट्र बैंकले आइतबार जारी गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विदेशी मुद्रा सटही सीमा बढाएर दुई हजार पाँच सय अमेरिकी डलर पुर्याएको छ।
हाल भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिक एक वर्षमा दुई पटकसम्म एक हजार र पाँच स य अमेरिकी डलरको सटही सुविधा उपलब्ध थियो। सो सीमालाई बढाएर अहिले २५ सय अमेरिकी डलर पुर्याइएको हो।
विदेशी मुद्रा सञ्चितिमा सुधार आएसँगै राष्ट्र बैंकले विदेश भ्रमणमा जानेलाई सटही सुविधाको सीमा बढाएको जनाइएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
- इजरायलको नयाँ आक्रमणमा : गाजामा मृतकको संख्या २५० माथि
- आज कुन देशको मुद्राको मूल्य कति ?
- सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै
- पोखरामा तरबुजा खेती: चार महिनामा १५ लाख रुपैयाँ आम्दानी
- मेलम्चीको पानी वितरण विस्तार
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
